नेभिगेशन
समाज

जिल्ला प्रसासनको बैठकले बाजुराको धुलचौर सडक खण्ड अवरुद्ध गर्ने संलग्नलाई कारबाहीको दायरा ल्याउने निर्णय गर्यो

सिमकोट, हुम्ला । 
हुम्ला र बाजुराको रानिसैनको विवादले उग्र रुप लिदा बाजुरा हिमाली गाउँपालिकाका नागरिकले सडक खण्ड पटक पटक बन्द गर्दै आएका छन । सडक खण्ड अवरुद्ध भएपछि जिल्ला प्रसानन कार्यालय हुम्लामा बैठक बसेको हो ।  उक्त बैठकले कर्णाली करिडोर अन्र्तगत पर्ने बाजुराको धुलाचौरको सडक खण्ड अवरुद्ध गर्ने संलग्न व्यक्तिलाई अस्तव्यस्त सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ उल्लेखित  ऐन अनुसार कार्बाही गर्ने निर्णय गरेको छ । बुधबार साँझ देखि हिमाली गाउँपालिका अन्र्तगत धुलाचौर सडक खण्ड पुन अवरुद्ध गरेका छन । 

उक्त सडक अवरुद्ध हुदा यात्रुहरु अलपत्र पर्नुका साथै चालु आर्थिक वर्षको साल्तमानको मुखैमा दैनिक उपभोग्य तथा विकास निर्माणका सामाग्री ढुवानीमा अवरुद्ध भएको छ । सडक अवरुद्ध गर्ने संलग्न व्यक्तिलाई उल्लेखित ऐन बमोजिम तत्काल कार्बाही गरी यथासक्य कर्णाली करिडोर राजमार्ग सुचारु गर्नका लागी नेपाल सरकार गृह मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  

बुधबबार साँझ देखि बाजुराको हिमाली गाउँपालिका केन्द्र धुलाचौरको कर्णाली करिडोर सडक बन्द हुँदा हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, काठमाण्डौं लगायत देशका विभिन्न शहरमा अध्ययन, रोजगारी र औषधि उपचारका लागि जाने यहाँका नागरीक अलपत्र अवस्थामा परेका छन् । भने जिल्ला बाहिरबाट हुम्ला भित्रीने यात्रुका साथै विभिन्न मालबाहक सवारी साधन समेत उतै रोकिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।