नेभिगेशन
समाज

सडक खन्ने क्रममा स्काभेटर पल्टिदा चालकको घटना स्थलमै मृत्यु


सिमकोट, हुम्ला । 

सर्केगाड गाउँपालिकाको वडा नम्बर ६ को बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर पल्टिदा चालकको घटना स्थलमै मृत्यु भएको छ । बिहिबार राती १२ बजे सडक खन्ने क्रममा स्काभेटर सडक भन्दा करिब ५० मिटर तल खस्दा दैलेख घर भई हाल बर्दियामा बस्दै आएका अन्दाजी २५ वर्षका कृष्ण रावतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिष्णु प्रसाद श्रेष्ठले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा जानकारी आउने बिक्तिकै जिल्ला प्रहरी कार्यालय सिमकोटबाट प्रहरी निरिक्षक जंग बहादुर सिंहको कमाण्डमा अनुसन्धान टोली त्यस तर्फ गएको सुचनाा अधिकारी श्रेष्ठले बताउनु भयो । घटना हुने बित्तिकै सर्केगाड प्रहरी चौकीको टोली घटना स्थलमा पुगेको जानकारी प्राप्त भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।