नेभिगेशन
समाज

कर्णाली करिडोर बन्द गरेको प्रति हुम्लामा आन्दोलन, माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी

सिमकोट, हुम्ला ।

बुधबारदेखी साँझ कर्णाली करिडोर अन्र्तगत बाजुराको धुलाचौरमा सडक अवरुद्ध गरेको प्रति हुम्लाको सिमकोटमा आन्दोलन गरेको छ । बाजुरा जिल्लाले पटक पटक सडक अवरुद्ध गर्दा हुम्ली नागरिक अलपत्र पर्नुका साथै चालु आर्थिक वर्षको साल्तमानको मुखैमा दैनिक उपभोग्य तथा विकास निर्माणका सामाग्री ढुवानीमा अवरुद्ध भएको छ ।  सडक अवरुद्ध भएपछि सर्केगाड २, खार्पुनाथ २ र तिनका स्थानियले जिल्ला प्रसासन कार्यालय घेराउ गरी आन्दोलन गरेका छन । साथै यहाँ राजनितिक दल, नागरिक समाजहरुले जिलला प्रसासन मार्फत प्रधानमन्त्री कार्यालय समक्ष ज्ञापन पत्र बुझाएका छन । 

पटक पटक दिएको ज्ञापन पत्रको अवज्ञा गरेको आरो जिल्ला प्रसासन हुम्लालाई दिएका छन । यो पटक बुझाएको ज्ञापन पत्रको सुनुवाई नभए कडा रुपमा हुम्ली बासी आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन । उत्त ज्ञापनपत्रमा राष्टिय राजमार्ग बन्द गर्नेलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने, साथै पटक पटक यसरी राजमार्ग बन्द गरी निहित स्वार्थ पुरा गर्न खोजेमा कर्णाली करिडोर परिवर्तन गर्नु पर्ने, निर्दोष हुम्लीलाई लगाएका मुद्धा खारेज गर्ने मागको ज्ञापन पत्र बाचन गर्दै नेकपा एमाले हुम्लाका उपाध्यक्ष प्रकास बहादुर शाहीले भन्नु भयो ।

यसैगरी खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थालीकी स्थानिय जडेनी रावलले जिजुबाजेका पालादेखी लामापाटा रानीसैन क्षेत्रमा गाई गोठ, भेडी गोठका खरक भएको बताउनु भयो । बाजुरा र हुम्लाको सिमा विवाद हुदा त्यहाँका सुरक्षा निकाय, प्रसासनले एकलौटी भएर लागी परेको तर हुम्ला प्रसासन मौन भएर बसेको आरोप लगाउनु भयो ।

जिल्लाका सुरक्षा निकायले हुम्ली जनताका लागी सुरक्षा दिन नसकेको बताउनु भयो । यो समस्याको समाधान हुन नसके रगतको खोलो बग्ने चेतावनी दिदै भन्नु भयो । यो ज्ञापन पत्र जस्ताको तस्तै प्रधानमन्त्री कार्यालयमा पेस गर्ने प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनु भयो । सडक अवरुद्ध गर्ने संलग्न व्यक्तिलाई उल्लेखित ऐन बमोजिम तत्काल कार्बाही गरी यथासक्य कर्णाली करिडोर राजमार्ग सुचारु गर्नका लागी हुम्ली नागरिक आन्दोलनमा उत्रिएका छन । सडक खण्ड अवरुद्ध गर्ने संलग्न व्यक्तिलाई अस्तव्यस्त सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ उल्लेखित  ऐन अनुसार कार्बाही गर्ने माग हुम्लीको रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।