नेभिगेशन
समाज

वाल विवाह न्यूनिकरणमा जुट्दै हुम्लाका वालवालिका (सिमकोट वाल घोषणा–पत्रसहित)

सिमकोट । पछिल्लो पटक जिल्लामा वाल विवाहको दर बढ्न थालेपछि हुम्लाका वालवालिका आफै न्यूनिकरणमा जुटेका छन् । 

बढ्दो सूचना तथा सञ्चार प्रविधिको विकासले सानै उमेरमा विवाह हुने दर बढ्न थालेपछि हुम्लाको चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोटका वालवालिकाहरुले आफू अध्ययन गर्ने विद्यालयबाटै वाल विवाह न्यूनिकरणमा लाग्ने अठोट गरेका हुन् । 

जिल्लामै पहिलो पटक आयोजना गरिएको जिल्ला वालसभामार्फत जिल्लाका वालवाहिकाहरुले विभिन्न कारणले वाल विवाह गरिरहेका वालवलिकाहरुलाई सचेतनामुलक कार्यक्रमको आयोजना थर्दै आफूहरु प्रतिवद्ध भएर लाग्ने मानसरोवर माध्यमिक विद्यालयका डिल्लीराज शाहीले जानकारी दिए । 

viber_image_2026-06-20_16-37-42-187-1781953494.jpg
जिल्लाका पाँचवटा गाउँपालिकाका ५५ जना साथीहरु पहिलो पटक जिल्ला वाल सभामार्फत जम्मा भएर दुई लिदनसम्म जिल्लाका हामी वालवालिकाहरुको अवस्था र बढ्दो वाल विवाहका बारेमा छलफल गर्ने काम भयो, मानसरोवर माध्यमिक विद्यालयका क्याप्टेन समेत रहेका शाहीले भने, अबको दिन देखि हामी जिल्लाका सबैसाथीहरु (वालवालिका)लाई वाल विवाह नगर्नका लागि सचेत गराउने र कानूनी दायरामा ल्याउने काममा विद्यालय र हामी बसेको गाउँबाटै अभियान शुरु गर्छौ । 

जिल्ला वाल सभाको पहिलो दिन वाल विवाह र वालश्रम सम्बन्धि कानूनी तथा नीतिगत व्यवस्थाका बारेमा बुझ्ने काम भएको बताएकी सर्केगाडको हिमज्योती माध्यमिक विद्यालयकी सुनतारा जैशीले दोस्रो दिन जिल्लामा जिम्मेवार निकायसँग वाल विवाह र वाल श्रम न्यूनिकरणका विषयमा प्रश्न उत्तर कार्यक्रमको आयेजना गरेको बताइन् ।

जिल्लाका सिडियो, डियसपी, सरकारी वकिल र पालिका अध्यक्षसँग कक्षा लिने र प्रश्न उत्तरर गर्ने काम मैले पहिलो पटक गरेकी हुँ जैशीले थपिन् यो कार्यक्रमले लहलहैमा लागेका हाम्रो साथीहरुलाई विवाह गर्न नदिनका लागि यो कार्यक्रमले हामीलाई ठूलो बल पुगेको छ । 

एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र र रेडियो कर्णाली आवाजले आयोजना गरेको जिल्ला वाल सभाले आफूहरुलाई धेरै राम्रो जानकारी दिने काम गरेको खार्पुनाथ गाउँपालिकाको मानधारा माध्यमिक विद्यालयकी प्रतिक्षा रोकायाले जानकारी दिइन् । 

बालविवाह अन्त्य गर्न नौ बुँदे घोषणा पत्र जारी

 पछिल्लो समय बढ्दै गएको बालविवाह अन्त्यका लागि सबै पक्षलाई लाग्न आग्रह गर्दै जिल्ला वाल सभाले नौ बुँदे घोषणा पत्र २०८३ जारी गरेको छ । 
 
बालबिबाह न्यूनीकरण र यो कानुुनबिरुद्ध कार्य हो भन्ने जानकारी बालबालिकालाई प्रत्यक्ष सहभागिता गराउँदै जिल्ला बाल सभा सम्पन्न भएको हो ।

जिल्लामा पहिलो पटक बालविवाह र बालश्रम न्यूनीकरणका लागि एकीकृत पहल भन्ने मूल नाराका साथ सुरु भएको जिला बाल सभाले नौ बुँदे सिमकोट घोषणा पत्र २०८३ जारी गरेको हो ।

viber_image_2026-06-20_16-37-37-281-1781953491.jpg
 

‘पछिल्लो समय जिल्लामा बढ्दै गएको वाल विवाह र वाल श्रमका घटनाप्रति यो सभाले दुई दिनसम्म गम्भीर समिक्षा गरेको छ । सामाजिक रुपमा विकृती र न्यायीक रुपमा गैर कानूनी     मानिने वाल विवाह र वाल श्रम न्यूनिकरणका लागि पहिलो पाठशाला घर परिवार, विद्यालय, समाज, हाम्रा स्थानीय तह, सुरक्षा निकाय, विकास साझेदार देखि जिल्लाका सम्पूर्ण सरोकारवाला निकायलाई यो सभा हार्दिक अपिल गर्दछ’ घोषणा–पत्र सार्वजनिक गर्दै सर्केगाडको हिमज्योती माध्यमिक विद्यालयकी सुनतारा जैशीले भनिन्, ‘ हामी वालवालिका वर्तमानका साझेदार र भविष्यका कर्णधार पनि हौं । तर पछिल्लो सयम हाम्रो बाचाउँ, संरक्षण, सहभागिता र विकासका सन्दर्भमा चुल्होको सरकारका रुपमा रहेका स्थानीय तहहरुले परिणाममूखी काम नगरेको आभाष भेलाले गरेको छ । अतः जिल्लाका सबै स्थानीय तहहरुलाई अबिलम्ब वाल संरक्षण समिति तथा पालिका स्तरिय वाल हेल्प डेस्क स्थापना गरी त्यस मार्फत हाम्रो अधिकार र विकासका गतिविधिलाई नियमित गर्न यो भेला जिल्लाका सात वटै गाउँपालिकाहरु समक्ष जोडदार माग गर्दछ ।’

जिल्लामा भएका वाल विवाह र सबै प्रकारका बालश्रमको पहिचान, रोकथाम तथा व्यवस्थापनका लागि वडा, पालिका र जिल्ला स्तरमा सहज उजुरी व्यवस्थापन तथा कानूनी कारबाही सुनिश्चित यो भेला सम्बद्ध पक्षलहरुसँग आग्रह गर्र्दै जिल्ला वालसभाले दिगो विकासको लक्ष्य र नेपाल सरकारको नीति अनुरुप सन् २०३० सम्ममा हाम्रो जिल्ला हुम्लालाई वाल विवाह मुक्त जिल्ला घोषणा गर्न स्पष्ट कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयनमा लाग्न तिनै तहका सरकार, जिल्लाका सरोकारवाला निकाय समक्ष माग समेत गरेको छ । 

सभाका सहभागी बालबालिकाद्धारा तर्जुमा गरिएका बुँदालाई सभाले पारित गरे लगत्तै त्यसको कार्यान्वयनका लागि जिल्लाका खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका अध्यक्षहरूलाई हस्तान्तरण गरिएको छ ।

भेलाले तय गरेको घोषणा–पत्र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोट गाउँपलिकाका अध्यक्ष विजय भण्डारी र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहाुर रावललाई प्रदान गरिएको छ ।

उनीहरूले पनि यसको सुनुवाइ गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । बाँकी चार वटा गाउँपालिकामा पनि जिल्ला बाल सभाले सार्वजनिक गरेको घोषणा पत्र पठाइने भएको छ । दुई दिनसम्म सञ्चालन भएको भेलाका लागि गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, किर्डाक हुम्लाको प्राविधिक सहयोग र रेडियो कर्णाली आवाजको आयोजनामा कार्यक्रम भएको हो ।
यस्तो छ, जिल्ला वाल सभाले जारी गरेको सिमकोट वाल घोषणा पत्र 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।