नेभिगेशन
समाज

नेपाल बिमा प्राधिकरणद्वारा सञ्चारकर्मीसँग बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया

सिमकोट ।  नेपाल बिमा प्राधिकरणले जिल्लाका सञ्चारकर्मीसँग बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । बिमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा सदरमुकाम सिमकोटस्थित मानसरोवर होटलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको अध्यक्षता नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेशका सहायक निर्देशक विपना पन्थीले गर्नुभएको थियो । कार्यक्रममा बिमाको परिचय, बिमाको आवश्यकता, बिमाका प्रमुख काम तथा विभिन्न प्रकारका बिमाका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले जिल्लामा बिमा सम्बन्धी काम गर्ने केही अभिकर्ताहरुले सर्वसाधारण नागरिकलाई पर्याप्त जानकारी नदिई भ्रममा पारेर बिमा गराउने गरेको गुनासो गरेका थिए । बिमा गर्दा त्यसको उद्देश्य, प्रक्रिया, फाइदा तथा जोखिमका विषयमा नागरिकलाई स्पष्ट जानकारी दिनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका थिए ।

बिमा गरिसकेपछि सेवाग्राहीले सहज रुपमा सेवा पाउने वातावरण बनाउनुपर्ने, बिमितले जम्मा गरेको रकमको सुरक्षामा विशेष ध्यान दिनुपर्ने तथा बिमा कम्पनी र अभिकर्ताहरुले जिम्मेवार भएर काम गर्नुपर्ने सुझाव समेत दिइएको थियो ।

हुम्लामा पछिल्लो समय बिमा गर्ने नागरिकको संख्या बढ्दै गए पनि बिमासम्बन्धी पर्याप्त जानकारीको अभाव रहेको बताइएको छ । कतिपय अवस्थामा बिमितले बुझ्नुपर्ने विषय नबुझी बिमा गर्ने र पछि समस्या आउने गरेको सहभागीहरुले बताएका थिए । सञ्चारकर्मीहरुले जिल्लामा सञ्चालन भइरहेका सबै प्रकारका बिमा सेवाप्रति नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेशका सहायक निर्देशक विपना पन्थीले चालु आर्थिक वर्षदेखि एक स्थानीय तहमा एक बिमा शाखा स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो । स्थानीय तहसम्म बिमा सेवा विस्तार गर्ने र नागरिकलाई सहज रुपमा बिमासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले बिमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्राधिकरणले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । नागरिकले बिमा गर्दा सही जानकारी लिएर मात्र बिमा गर्नुपर्ने र बिमा कम्पनी तथा अभिकर्ताहरुले पनि सेवाग्राहीको विश्वास कायम राख्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

हुम्लामा बिमितहरुले जम्मा गरेको रकमको व्यवस्थापन तथा सेवाप्रवाहका विषयमा केही गुनासा आउने गरेको भन्दै सञ्चारकर्मीहरुले यसतर्फ सम्बन्धित बिमा संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताएका छन् । बिमा क्षेत्रप्रति नागरिकको विश्वास कायम राख्न पारदर्शी सेवा आवश्यक रहेको उनीहरुको भनाइ थियो ।


नेपाल बिमा प्राधिकरणले हुम्लाका विभिन्न स्थानीय तहमा बिमा सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । जिल्लाका चार वटा स्थानीय तहमा यस्तो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रमले बिमा सम्बन्धी जानकारी अभिवृद्धि गर्नुका साथै सञ्चार माध्यममार्फत नागरिकलाई सही सूचना प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।