नेभिगेशन
समाज

खार्पुनाथमा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न


सिमकोट, हुम्ला । 

हुम्लाको खार्पुनाथ गाउँपालिकामा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिक्षण सिकाइ सुधार, गुणस्तरीय शिक्षा अभिवृद्धि, विद्यालय छोड्ने दर घटाउने, विद्यार्थीको उपस्थिति दर बढाउने, शैक्षिक तथ्यांकलाई व्यवस्थित बनाउने तथा अनुगमन प्रणालीमा सुधार गर्ने विषयमा समूहगत छलफल गरिएको छ ।

कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञान बहादुर सिंह, वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरू, गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, बाल क्लबका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक संघका अध्यक्षहरू तथा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा शैक्षिक क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माणमा जोड दिइएको छ । किर्डाक नेपालका कार्यक्रम संयोजक जनक बुढा, गुडनेवर्स इन्टरनेसनलका कार्यक्रम अधिकृत गोविन्द चौधरी, वित्त तथा प्रशासन अधिकृत प्रेम बहादुर बुढा, सहजकर्ता नवराज महतारा तथा नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष छपाल लामा लगायतको सहभागिता रहेको थियो । किर्डाक नेपालको आयोजना, गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग र खार्पुनाथ गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।