नेभिगेशन
समाज

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि जिल्ला बाहिर उद्धार

सिमकोट, हुम्ला । 

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला बाहिर उद्धार गरिएको छ । हुम्लाको नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल हुम्लामा ल्याइएकी लामाको अवस्था जटिल भएपछि थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

आज बिहान ८ बजेर ११ मिनेटमा नेपाली सेनाको ऐन ए ०५५ नम्बरको हेलिकप्टरबाट लामालाई उद्धार गरिएको छ । राष्टपती महिला उत्थान, जिल्ला स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रसासन कार्यालयको पहलमा लामाको उद्धार गरिएको हो । 


 लामा असार ७ गते बिहानदेखि सुत्केरी व्यथाले थलिएकी थिइन् । उनलाई सोही दिन बेलुका जिल्ला अस्पताल हुम्ला ल्याई स्वास्थ्य परीक्षण गर्दा जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । उद्धारका क्रममा लामासँग उनका दिदी नाता पर्ने कुसुम ऐडी र मनुका ऐडी पनि गएका छन् ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामाको रक्तचाप अत्यधिक बढेर १७०÷१२० पुगेको थियो । उपचारका क्रममा उनी बेहोस भएको र पाँच पटकसम्म झड्का आएको उहाँले बताउनुभयो ।

डा. तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ । भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको छ । समय नपुगेको र बच्चाको तौल कम भएकाले थप विशेषज्ञ उपचारको आवश्यक रहेको डा तिवारीले बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।