नेभिगेशन
समाज

तिन दिनदेखि १५ वर्षिय किशोर बेपत्ता, खोजी कार्य गरिदिन परिवारको अपिल

हुम्ला ।
तिन दिनदेखि एक जना १५ वर्षका किशोर बेपत्ता भएका छन । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपका स्थानिय बासिन्दा माग्लु कार्कीका १५ वर्षका छोरा माउन्टेन कार्की हराएको जानकारी आफन्तले दिएका छन । कार्कीका स परिवार हाल मुगुको रातापानीमा बस्दै आएका छन ।

छोरा मुगु जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ११ रातापानी  स्थित महादेव मष्टा नमूना माध्यमिक विद्यालयमा  कक्षा–१० मा अध्ययन गर्दै आएको बवा माग्लु कार्कीले बताउनु भएको छ । बुवा सोही विद्यालयका शिक्षक समेत रहनु भएको छ । कार्की ३ दिन देखि सम्पर्क विहिन भएकाले कहिकतै देख्नु र भेट्नु हुने महानुभावले सम्पर्क गरि दिन हुन अनुरोध छ ।

असार आठ विहान ६ बजे घर बाट निस्केका कार्की तिन दिन हुदासम्म पनि परिवारको सम्पर्कमा नआएको बुवा माग्लु कार्कीले बताउनु भयो । फोन पनि अफ गरिएको छ । भेटाउनु हुने महानुभावले बुवा माग्लु कार्कीको फोन नम्बर ९८६८२२७६५६ मा सम्पर्क गरिदिन अपिल समेत गरिएको छ । खोजी कार्यका लागी प्रहरी चौकी मुगलाई पनि अनुरोध गरिएको र आफन्तले पनि खोजी कार्य जारी राखेका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।