नेभिगेशन
समाज

सिमकोट गाउँपालिकाको ल्यायो ६४ करोड ९५ लाख २८ बजार बजेट ।।

सिमकोट, हुम्ला । 

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख २८ हजार बराबरको बजेट ल्याएको छ । बुधबार गाउँपालिकाले आयोजना गरेको तेहौं गाउँसभामा सो वजेट प्रस्तुत गरिएको हो ।

आगामी आर्थिक वर्षका लागि ६४ करोड ९५ लाख २८ हजारको वजेट ल्याउएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जानकारी दिए । उनका अनुसार कुल वजेटमा २६ करोड ९२ लाख ९६ हजार रुपियाँ विनियोजित गरेर पुँजीगततर्फ ४१ दशमलव ६ प्रतिशत बजेटको ब्यवस्था गरिएको छ भने चालु तर्फ २८ करोड दुई लाख ३२ हजार रुपियाँको वजेट विनियोजित गरेर कुल वजेटको ५८ दशमलव ४ प्रतिशत वजेट  उपाध्यक्ष शुशिला रोकायाले सार्वजनिक गर्नुभयो । 


सिमकोट गाउँपालिकाले यो वजेटको ब्यवस्थापनका लागि मुख्य श्रोतका रुपमा संङ र प्रदेश सरकारबाट प्राप्त हुने बिभिन्न शिर्षकको वजेटलाई मानेको छ भने आन्तरिक श्रोत ७५ लाख जुटाउने लक्ष्य राखेको छ ।

गतवर्ष भन्द वजेट अंश केही बृद्धि भएको छ । गतवर्ष ६२ करोड रहेकोमा यो वर्ष त्यो वजेट आएको छ । प्रस्तुत वजेटले टुक्रे योजनाले पनि प्राथमिकता पाएको देखिन्छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकायाले सो वजेट प्रस्तुत गर्नुभएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।