नेभिगेशन
समाज

नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

हुम्ला । 
हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैयाँ २० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ। कृषि उत्पादन वृद्धि, सडक तथा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् व्यवस्थापन र स्थानीय सेवा प्रवाहलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी वर्षका लागि महत्वाकांक्षी योजना अघि सारेको हो।


१५औं गाउँसभाबाट गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामले प्रस्तुत गरेको कुल बजेटमध्ये रु. २१ करोड ५० लाख ७७ हजार चालुतर्फ तथा रु. १३ करोड ८१ लाख ३८ हजार ८८८ रुपैयाँ २० पैसा पुँजीगततर्फ विनियोजन गरिएको छ। संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्त हुने रकमलाई समेटेर बजेट निर्माण गरिएको हो।


गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी बनाउने उद्देश्यले कृषक सहायता, कृषि सामग्री वितरण, पशु सेवा विस्तार तथा कृषि आधुनिकीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको छ। त्यस्तै सडक स्तरोन्नति, विद्युत् पूर्वाधार विस्तार, झुलापुल निर्माण, खानेपानी तथा सिँचाइ योजनामा पनि उल्लेख्य बजेट छुट्याइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।