नेभिगेशन
समाज

असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।

 

सिमकोट, हुम्ला । 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असार मसान्तसम्मका लागि २ हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल १ हजार ८५० रुपैयाँ, अरुवा सोना मन्सुली चामल १ हजार २५० रुपैयाँ तथा अरुवा मोटा चामल १ हजार १५० रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ ।  सहुलियत अन्तर्गत प्रतिकेजी १० रुपैयाँ अर्थात् प्रतिक्विन्टल १ हजार रुपैयाँ छुट प्रदान गरिएको छ ।

यो सहुलियत असार मसान्तसम्म वा २ हजार क्विन्टल खाद्यान्नको कोटा सकिनु अघि सम्म लागू रहने शाखाका प्रमुख कृष्ण थापा मगरले बताउनु भयो । सहुलियत बिक्रीको पहिलो दिन कार्यालयबाट १९ लाख ७२ हजार ३५० रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा जम्मा २९३ क्विन्टल चामल बिक्री भएको शाखा कार्यालय प्रमुख कृष्ण थापा मगरले जानकारी दिनुभयो । सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध भएपछि जिल्लाका उपभोक्ताले राहत महसुस गरेका छन् भने कार्यालयले समयमै खाद्यान्न खरिद गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।