नेभिगेशन
समाज

सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक, असार २४ सम्म अधिकांश बजेट खर्च हुने अनुमान ।।

हुम्ला

सामाजिक विकास कार्यालय हुम्लाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रूपमा अघि बढेको जनाएको छ । कार्यालयका अनुसार हालसम्म चालुतर्फ ८७.९४ प्रतिशत, पुँजीगततर्फ ६६.३२ प्रतिशत तथा विपद् सहायता शीर्षकतर्फ ८९.०८ प्रतिशत बजेट खर्च भइसकेको छ । कार्यालय प्रमुख ईश्वर बहादुर सिंहले बजेट कार्यान्वयनलाई तीव्रता दिइएकाले असार २४ गतेसम्म चालुतर्फ करिब ९१ प्रतिशत, पुँजीगततर्फ ९४ प्रतिशत र विपद् सहायता शीर्षकतर्फ शतप्रतिशत अर्थात् १०० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्षको अन्तिम चरणमा रहेका योजना तथा कार्यक्रमहरूलाई समयमै सम्पन्न गर्न कार्यालयले आवश्यक समन्वय र अनुगमनलाई प्रभावकारी बनाएको छ। बाँकी रहेका भुक्तानी प्रक्रिया, निर्माण कार्य तथा कार्यक्रम सम्पन्न गर्ने काम तीव्र गतिमा भइरहेको उहाँको भनाइ छ ।


सामाजिक विकास कार्यालयले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, क्षमता विकासलगायतका विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षभरि योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएकाले बजेट खर्चको प्रगति पनि सन्तोषजनक देखिएको कार्यालयको दाबी छ। विशेषगरी विपद् सहायता शीर्षकतर्फ आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएकाले सो शीर्षकको बजेट पूर्ण रूपमा खर्च हुने अवस्था रहेको कार्यालयले जनाएको छ। त्यसैगरी विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित पुँजीगत कार्यक्रमहरू पनि अन्तिम चरणमा पुगेकाले खर्च प्रतिशत उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ । कार्यालय प्रमुख सिंहले बजेट खर्च मात्र लक्ष्य नभई गुणस्तरीय सेवा प्रवाह र कार्यक्रमको प्रभावकारितालाई पनि समान प्राथमिकता दिइएको बताउनुभयो । 


उहाँले समयमै योजना सम्पन्न गरेर लक्षित समुदायसम्म सेवा र सुविधा पु¥याउने उद्देश्यका साथ कर्मचारीहरू निरन्तर खटिएको जानकारी दिनुभयो । आर्थिक वर्षको अन्तिम समयमा कार्यालयले बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै बाँकी कार्यक्रम समयमै सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ । निर्धारित समयभित्र अधिकांश योजना सम्पन्न भई बजेट खर्च लक्ष्यअनुसार हुने विश्वास कार्यालयले व्यक्त गरेको छ। यसले जिल्लामा सञ्चालित सामाजिक विकासका कार्यक्रमहरू थप प्रभावकारी बन्ने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।