नेभिगेशन
समाज

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्ला 

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ। गृह मन्त्रालयको निर्णयअनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार  रेग्मीको सरुवा गरिएको छ भने उहाँको स्थानमा भोलानाथ गुरागाईंलाई हुम्लाको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। सरकारले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, सुशासन प्रवद्र्धन तथा जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको जनाएको छ।

यसपटक हुम्लासहित जुम्ला, मुगु, कालिकोट, बाग्लुङ, ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पूर्व, रसुवा, दार्चुला, डडेलधुरा, सुनसरी, लमजुङ, भक्तपुर र पाल्पा गरी १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

नवनियुक्त प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले अब हुम्लाको समग्र शान्ति सुरक्षा, सरकारी सेवा प्रवाह, विपद् व्यवस्थापन, विकास निर्माणका गतिविधिको समन्वय तथा संघीय सरकारको प्रतिनिधिका रूपमा जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।गृह मन्त्रालयले समय–समयमा प्रशासनिक आवश्यकताअनुसार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गर्दै आएको छ । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ।
सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक, असार २४ सम्म अधिकांश बजेट खर्च हुने अनुमान ।।

सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक, असार २४ सम्म अधिकांश बजेट खर्च हुने अनुमान ।।

सामाजिक विकास कार्यालय हुम्लाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रूपमा अघि बढेको जनाएको छ । कार्यालयका अनुसार हालसम्म चालुतर्फ ८७.९४ प्रतिशत, पुँजीगततर्फ ६६.३२ प्रतिशत तथा विपद् सहायता...
असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।

असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असार मसान्तसम्मका लागि २ हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेको छ । कार्यालयले स्टिम जिरा मसिनो...
नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैयाँ २० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ।
भर्खरै