नेभिगेशन
समाज

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

 

हुम्ला 

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ। गृह मन्त्रालयको निर्णयअनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार  रेग्मीको सरुवा गरिएको छ भने उहाँको स्थानमा भोलानाथ गुरागाईंलाई हुम्लाको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

सरकारले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, सुशासन प्रवद्र्धन तथा जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको जनाएको छ। यसपटक हुम्लासहित जुम्ला, मुगु, कालिकोट, बाग्लुङ, ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पूर्व, रसुवा, दार्चुला, डडेलधुरा, सुनसरी, लमजुङ, भक्तपुर र पाल्पा गरी १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।


नवनियुक्त प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले अब हुम्लाको समग्र शान्ति सुरक्षा, सरकारी सेवा प्रवाह, विपद् व्यवस्थापन, विकास निर्माणका गतिविधिको समन्वय तथा संघीय सरकारको प्रतिनिधिका रूपमा जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।गृह मन्त्रालयले समय–समयमा प्रशासनिक आवश्यकताअनुसार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गर्दै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।