नेभिगेशन
समाज

हुम्ला पुर्ण खोप जिल्ला घोषणा

 

हुम्ला ।
हुम्ला जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो । आवश्यक सूचकहरू पूरा भएको पुष्टि भएपछि हुम्ला जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा खोप सेवा निरन्तर सञ्चालन गर्न आवश्यक व्यवस्थापन, जनशक्ति र अनुगमन प्रणाली सुदृढ भएका आधारमा घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनुभयो ।

घोषणा कार्यक्रममा सहभागी वक्ताहरूले पूर्ण खोप अभियानलाई दिगो बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन ।

कार्यक्रममा बोल्दै नेकपा एमाले हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीले विगतमा गाउँघरमा खोप र स्वास्थ्यसम्बन्धी चेतनाको अभाव रहेको स्मरण गर्दै संघीय शासन व्यवस्था, स्वास्थ्यकर्मी र शिक्षाको योगदानले समाजमा सकारात्मक परिवर्तन आएको बताउनुभयो। उहाँले पहिले कुपोषण र सुकेनासजस्ता समस्याका कारण बालबालिकाको मृत्यु हुने अवस्था रहे पनि अहिले यस्ता समस्या क्रमशः घट्दै गएको उल्लेख गर्नुभयो ।

त्यसैगरी सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले वडा र पालिकालाई पूर्ण खोप घोषणा गरिसकेपछि जिल्लालाई पूर्ण खोप घोषणा गर्नु विद्यालयको नियमित परीक्षामा उत्तीर्ण भएजस्तै भएको प्रतिक्रिया दिनुभयो ।  उहाँले पूर्ण खोप अभियान सफल बनाउन योगदान पु¥याउने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै यसको दिगोपनाका लागि अझै धेरै चुनौती रहेको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ तथ्याङ्घ प्रमुख तेज कुमार दर्लामीले कर्णाली प्रदेशमा अझै तीन जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी रहेको जानकारी दिनुभयो ।  असार महिनाभित्र प्रदेशका सबै १० जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्य रहेको र त्यसपछि साउनको पहिलो साताभित्र कर्णाली प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले हुम्लालाई विगत तीन वर्षदेखि निरन्तर पूर्ण खोप जिल्ला घोषणा गर्दै आएको जानकारी दिनुभयो। उहाँले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको समयसीमाभित्र केही काम पूरा गर्न नसकिएको स्वीकार गर्दै कमजोरी सुधार गर्दै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। खोप स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले खोपबारे अझ व्यापक प्रचारप्रसार गर्न र ‘खोज र खोप’ अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

० देखि १५ महिनासम्मका १ हजार ३७ जना र १६ महिनादेखि ५९ महिनाका २ हजार ३३४ गरि जम्मा ३ हजार ३७१ जना बालबालिका पुर्ण खोपबाट लाभान्वित भएका छन् । भौगोलिक रूपमा विकट जिल्ला भए पनि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण पूर्ण खोप दिगोपना सुनिश्चित गर्न सफलता प्राप्त भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।