नेभिगेशन
समाज

हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत

 

हुम्ला ।
हेल्थ अश मेडिकल सेन्टरको आयोजनामा सर्केगाड गाउँपालिका–८ को रादेउ र रोडिकोटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा करिब ५५० जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन । हिजो पहिलो दिन रादेउमा ३५० र आज रोडिकोटमा २०० जना गरी जम्मा ५५० जना स्वास्थ्य शिविरबाट लाभान्वीत भएका छन ।

 शिविरमा विभिन्न प्रकारका स्वास्थ्य समस्याको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको हेल्थ अंश मेडिकल सेन्टरले जनाएको छ । विशेषगरी ग्यास्ट्रिक, रिंगटा लाग्ने, हड्डी तथा जोर्नी दुख्ने, छाला रोग, महिलामा देखिने सेतो पानी बग्ने समस्या, पाठेघर सम्बन्धी रोग, पखाला, रुघाखोकी लगायतका विभिन्न स्वास्थ्य समस्याका बिरामीको परीक्षण गरिएको छ । आवश्यक परेका बिरामीलाई औषधि वितरणका साथै थप उपचारका लागि आवश्यक परामर्शसमेत दिइएको जिल्ला अस्पतालका डाक्टर भिम रावलले बताउनु भएको छ । 

शिविरमा जिल्ला अस्पताल हुम्लाका डा. भिम रावल, सर्केगाड गाउँपालिकाका डा. इश्वरी पौडेल तथा खार्पुनाथ गाउँपालिकाबाट डा. दिवेश यादवसहित स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको आयोजकले जनाएको छ । विशेषज्ञ चिकित्सकबाट गाउँमै सेवा पाउँदा स्थानीय नागरिक उत्साहित भएका छन्। दुर्गम क्षेत्रमा बसोबास गर्ने धेरै नागरिक आर्थिक अभाव तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित हुने गरेका छन् । 

 यस्तो अवस्थामा गाउँमै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरले स्थानीयलाई ठूलो राहत पुगेको सहभागीहरूले बताएका छन् ।  विशेषगरी वृद्धवृद्धा, महिला तथा दीर्घरोगीहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएका छन् । शिविरमार्फत थप नागरिकलाई विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने लक्ष्य रहेको हेल्थ अंश मेडिकल सेन्टरले जनाएको छ । ग्रामीण समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रकारको निःशुल्क स्वास्थ्य शिविरले समयमै रोग पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । अब प्रत्येक दुई दुई महिनामा गा्रमीण बस्तीका नागरिकलाई गाउँमै पुगेर नि शुल्क स्वास्थ्य शिविर गरिने भएको हेल्थ अश मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले जानकारी दिनुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।