नेभिगेशन
समाज

डिभिजन वन कार्यालय हुम्लाको वार्षिक समीक्षा सम्पन्न, वित्तीय प्रगति ७९.७८ प्रतिशत

हुम्ला । 

डिभिजन वन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । समीक्षा कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम, वित्तीय प्रगति, वन संरक्षण, राजस्व संकलन तथा सामुदायिक वनको योगदानबारे जानकारी गराएको छ ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत महेश कुमाईका अनुसार चालु आर्थिक वर्षमा कार्यालयको वित्तीय प्रगति ७९.७८ प्रतिशत रहेको छ । उहाँले भौगोलिक विकटता, आवश्यक पूर्वाधारको अभाव तथा मौसमजन्य कठिनाइका कारण केही योजनाहरू समयमै सम्पन्न गर्न चुनौती भएको बताउनुभयो ।

उहाँका अनुसार यस आर्थिक वर्षमा विकास निर्माणतर्फको खार्पुनाथ गाउँपालिका–५ दुर्पास्थित खार्पु–भिउदुला पदमार्ग निर्माण योजनाको २० लाख रुपैयाँ बजेट कार्यान्वयन हुन नसकी फिर्ता गएको छ। बाँकी अधिकांश कार्यक्रम भने निर्धारित लक्ष्यअनुसार सञ्चालन गरिएको जानकारी दिनुभयो । 

वन संरक्षण तथा कानुन कार्यान्वयनतर्फ यस वर्ष तीन वटा वनसम्बन्धी मुद्दा दर्ता भएका छन्। चोरी सिकारीको घटनामा संलग्न रहेको आरोपमा बाजुराका पेमा गारा गुरुङसहित दुई जनालाई पक्राउ गरिएको र फरार रहेका अन्य तीन जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन अधिकृत कुमाईले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षणमा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।

यस आर्थिक वर्षमा कार्यालयले १२ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। यो अघिल्ला वर्षहरूको तुलनामा कम रहेको कार्यालयले जनाएको छ। राजस्व घट्नुमा जिल्लाको भौगोलिक विकटता, सीमित वनजन्य उत्पादन, यातायात तथा बजार पहुँचको अभाव प्रमुख कारण रहेको समीक्षा कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यक्रममा वन संरक्षण, जैविक विविधताको संवद्र्धन तथा सामुदायिक वन व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याउने सामुदायिक वन उपभोक्ता समूहहरूलाई सम्मानसमेत गरिएको थियो। उत्कृष्ट सामुदायिक वनको रूपमा रिप सामुदायिक वन उपभोक्ता समूह प्रथम, ओख्रेन सामुदायिक वन उपभोक्ता समूह दोस्रो र रानीकोट सामुदायिक वन उपभोक्ता समूह तेस्रो भएका छन् । त्यसैगरी एङगार फोेन जेन वन उपभोक्ता समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ। विजेता समूहहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको कार्यालयले जनाएको छ ।

समीक्षा कार्यक्रममा आगामी आर्थिक वर्षमा वन संरक्षण, सामुदायिक वनको सुदृढीकरण, वन्यजन्तु संरक्षण तथा दिगो वन व्यवस्थापनलाई अझ प्रभावकारी ढंगले अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै