नेभिगेशन
समाज

हुम्ला जिल्ला अदालतमा ७९.४१ प्रतिशत मुद्दा फछ्यौट, सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी

हुम्ला ।

हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका न्यायिक तथा प्रशासनिक कार्यहरूको विवरण सार्वजनिक गरेको छ । बिहीबार पत्रकारहरूसँग आयोजित भेटघाट कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश नीलकण्ठ बरालले वार्षिक कार्यप्रगति प्रस्तुत गर्दै यस वर्ष अदालतले ७९.४१ प्रतिशत मुद्दा फछ्यौट गर्न सफल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ९ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका ५९ गरी कुल ६८ मुद्दामध्ये ५४ मुद्दा फछ्र्योट भएका छन्। हाल १४ मुद्दा बाँकी रहेका छन्, जसमा २ वटा ६ देखि १२ महिनाभित्रका र १२ वटा ६ महिनाभित्रका मुद्दा रहेका छन् । यसले विगत वर्षहरूको तुलनामा आर्थिक वर्ष २०८२÷८३ मा अदालतको  फछ्यौट दर उल्लेखनीय रूपमा सुधार भएको देखिएको न्यायाधीश बरालले बताउनुभयो ।

थुनुवा मुद्दातर्फ कुल १७ मुद्दा दर्ता भएकामध्ये १३ वटा  फछ्यौट भई ४ वटा बाँकी रहेका छन् ।  बालबालिका वादी वा प्रतिवादी भएको १ मुद्दा पनि अदालतमा रहेको जानकारी दिनुभयो ।  मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन अदालतले १८ मुद्दा मेलमिलापका लागि पठाएको थियो। अदालतमा दुई जना मात्र सूचीकृत मेलमिलापकर्ता भए पनि १२ मुद्दामा सफल मिलापत्र भएको छ, जुन ६६.६७ प्रतिशत सफलता दर हो । 

अर्धन्यायिक निकायहरूको अनुगमनअन्तर्गत जिल्ला न्यायाधीश बरालले जिल्लाका सातवटै गाउँपालिकाका न्यायिक समितिको अनुगमन गर्नुभएको छ । साथै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालयको समेत अनुगमन गरिएको जानकारी दिनुभयो । वैतानिक कानुन व्यवसायीमार्फत प्रदान गरिएका सेवाअन्तर्गत ३९ वटा लिखित तयारी, २० वटा टेम्प्लेट भर्ने, ४५ वटा कानुनी परामर्श, २० वटा साक्षी परीक्षण, २८ वटा बहस तथा २९ पटक कारागार भ्रमण गरी कुल १८१ सेवा प्रदान गरिएको अदालतले जनाएको छ ।

फैसला कार्यान्वयनतर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका २ र चालु वर्षमा दर्ता भएका ४ गरी कुल ६ निवेदनमध्ये ४ वटा फछ्र्योट भएका छन् भने २ वटा बाँकी रहेका छन् । यस आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उल्लेखनीय रूपमा बढेका छन्। अघिल्लो आर्थिक वर्षमा २ वटा मात्र रहेका यस्ता मुद्दा यस वर्ष २४ पुगेका छन् । तीमध्ये १९ वटा फछ्र्योट भएका छन् भने बाँकी मुद्दा प्रक्रियामा रहेका छन् ।

यस वर्ष अदालतमा जबरजस्ती करणीका ७, कर्तव्य ज्यानका ४, सवारी ज्यानका ३, बहुविवाहका ३, हातहतियार तथा खरखजानाका ३, नकबजनी चोरीका ३, लेनदेनका ३, कुटपिटका ३, बैंकिङ कसुरका २, लागूऔषधका २, गाली बेइज्जतीका २, सामूहिक जबरजस्ती करणी, लापरवाहीपूर्वक काम गरी ज्यान मारेको, बाल यौन दुरुपयोग, साधारण चोरी, आपराधिक उपद्रव, जग्गा सम्बन्धी तथा करार परिपालनाका एक–एक मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत हुम्लाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्, जसले जिल्लामा पारिवारिक विवाद बढ्दो क्रममा रहेको संकेत गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।