नेभिगेशन
समाज

हुम्लाको सिमकोटमा आजबाट भरी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु, मूल्य बढेर प्रतिलिन्डर ३ हजार २ सय रुपैयाँ

सिमकोट, हुम्ला । 

हुम्लाको सदरमुकाम सिमकोटमा आजबाट भरी एलपी ग्यास (एलपीजी) सिलिन्डरको बिक्री–वितरण सुरु भएको छ । लामो समयदेखि ग्यास अभावका कारण उपभोक्ताले सास्ती खेपिरहेका बेला बजारमा ग्यास उपलब्ध हुन थालेपछि सर्वसाधारणले केही राहत महसुस गरेका छन् । तर यसपटक ग्यासको मूल्य भने उल्लेखनीय रूपमा वृद्धि भएको छ । यसअघि प्रतिग्यास सिलिन्डर २ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएकोमा अहिले प्रतिलिन्डर ३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअनुसार एउटै सिलिन्डरमा ७ सय रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्यसँगै उपभोक्तामा आर्थिक भार थपिएको उपभोक्ताको गुनासो रहेको छ ।

ग्यास व्यवसायीका अनुसार ढुवानी खर्च, सडक अवस्थाको कठिनाइ तथा अन्य व्यवस्थापन खर्च बढेकाले मूल्य समायोजन गर्नुपरेको हो । हुम्ला सडक सञ्जालसँग पूर्ण रूपमा सहज रूपमा नजोडिएको तथा दुर्गम भौगोलिक अवस्थाका कारण ढुवानी लागत अन्य जिल्लाको तुलनामा धेरै पर्ने भएकाले मूल्य बढेको उनीहरूको भनाइ छ ।

मूल्य बढे पनि बजारमा ग्यास उपलब्ध भएपछि खाना पकाउन सहज हुने अपेक्षा सहित उपभोक्ताले ग्यास खरिद गरिरहेका छन् । पछिल्ला केही समयदेखि ग्यास अभाव हुँदा धेरै परिवार दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएका थिए । अहिले बजारमा पुनः ग्यास आपूर्ति सुरु भएपछि दैनिक जीवन सहज हुने विश्वास गरिएको छ ।

स्थानीय उपभोक्ताले भने मूल्यवृद्धिले घरायसी खर्चमा थप बोझ परेको बताएका छन् । विशेषगरी न्यून आय भएका परिवारलाई ग्यास खरिद गर्न कठिन हुने भन्दै सम्बन्धित निकायले ढुवानी व्यवस्थापन र मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने उनीहरूको माग छ ।

हुम्लामा खाद्यान्न, इन्धन तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य ढुवानी लागतका कारण प्रायः अन्य जिल्ला भन्दा बढी रहने गरेको छ । त्यसैले स्थानीयवासीले अत्यावश्यक वस्तुको सहज आपूर्ति र उचित मूल्य कायम गर्न सरोकारवाला निकायले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।