नेभिगेशन
समाज

भौतिक तथा पूर्वाधार मन्त्रीद्वारा कर्णाली करिडोर र कर्णाली राजमार्गको स्थलगत अवलोकन

हुम्ला । 
भौतिक तथा पूर्वाधार मन्त्री सुनिल लम्सालले कर्णाली करिडोर तथा कर्णाली राजमार्गको स्थलगत अवलोकन गर्दै सडक पूर्वाधारको सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूको सडक पहुँचलाई सहज बनाउन चालु योजनाअन्तर्गत करिडोर तथा राजमार्गका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी उहाँले दिनुभयो ।

मन्त्री लम्सालले उक्त बजेट सडकको स्तरोन्नति, यातायातलाई सुरक्षित र सहज बनाउने तथा वर्षभर सञ्चालनयोग्य सडक निर्माणका लागि पर्याप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार आगामी केही हप्ताभित्रै अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिका अन्तर्गत पर्ने कर्णाली राजमार्गमा ग्राभेल भर्ने, सडकको चौडाइ बढाई डबल लेन बनाउने कार्यका लागि टेण्डर आह्वान गरिनेछ । उहाँले हुम्लासम्मको सडक सञ्जाललाई थप व्यवस्थित बनाउने सरकारको योजना रहेको उल्लेख गर्दै आगामी तीन महिनाभित्र हिल्सादेखि सिमकोटसम्मको सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो । साथै, उत्तरी व्यापारिक नाका हिल्सा पूर्ण रूपमा सञ्चालनमा ल्याउन चीन सरकार तथा चिनियाँ दूतावाससँग आवश्यक सम्झौता गरी व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता पनि मन्त्री लम्सालले जनाउनुभयो ।

मन्त्री लम्सालसँग संघीय सांसद रमेश कुमार सापकोटा, सुसान वैदिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका केन्द्रीय सदस्य टासी लामा, सडक विभागका सचिव तथा विभागीय निर्देशकसहितको टोली पनि हुम्ला पुगेको थियो । टोलीले सडकको अवस्था, निर्माणको प्रगति, समस्या तथा आगामी योजनाबारे स्थलगत अध्ययन गरेको जनाएको छ । 

भौतिक तथा पूर्वाधार मन्त्रीको टोलीले सुर्खेतबाट यात्रा सुरु गरी कर्णाली प्रदेशका कालिकोट, जुम्ला, मुगु हुँदै हुम्ला पुगेर राजमार्ग तथा करिडोरको अवलोकन गरेको हो । मन्त्री लम्साल हिजो राति करिब १ बजे सिमकोट पुग्नुभएको थियो भने आज निरीक्षण कार्यक्रम सम्पन्न गरी फर्किनुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।