नेभिगेशन
समाज

हुम्लामा ट्राफिक कारबाहीबाट रु. २ लाख ८० हजार राजश्व संकलन


सिमकोट,    जिल्ला ट्राफिक कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय ३९ वटा सवारी साधनका चालकलाई कारबाही गर्दै रु. २ लाख ८० हजार जरिवाना राजश्व संकलन गरेको जनाएको छ । कार्यालयका अनुसार ट्राफिक नियम विपरीत सवारी सञ्चालन गर्ने चालकलाई ट्राफिक व्यवस्थापन तथा प्रचलित कानुनअनुसार कारबाही गरिएको हो । आर्थिक वर्षभर गरिएको अनुगमनका क्रममा विभिन्न किसिमका ट्राफिक उल्लङ्घन भेटिएपछि चालकहरूलाई जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०८२÷८३ मा भने ३ सय ७० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।  जसमा रु. ३ लाख १६ हजार राजश्व सरकारी बैंक खातामा दाखिला हुन बाँकी रहेको छ ।  अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कारबाही हुने सवारीको संख्या तथा राजश्व दुवै घटेको देखिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्यामा पनि उल्लेख्य कमी आएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८१÷८२ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३८ हजार ४ सय ८६ जना चालकलाई कारबाही गरिएको थियो । तर आर्थिक वर्ष २०८२÷८३ मा यस्तो कसुरमा ३ जना चालक मात्र कारबाहीमा परेका छन् ।  उनीहरूबाट रु. १ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

टफिक कार्यालय प्रमुख प्रहरी सहायक हवल्दार रमेश बहादुर शाहीका अनुसार यस वर्ष ट्राफिक नियमप्रति चालकको सचेतना बढ्दै गएको, नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले नियम उल्लङ्घनका घटना घटेका हुन्। त्यसैले अघिल्लो वर्षको तुलनामा जरिवाना तथा राजश्व संकलन पनि कम भएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक कार्यालयले आगामी दिनमा पनि सुरक्षित, अनुशासित र जिम्मेवार सवारी सञ्चालनका लागि नियमित चेकजाँच, जनचेतना कार्यक्रम तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई निरन्तरता दिने जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।