नेभिगेशन
समाज

जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा आर्थिक वर्ष २०८२÷८३ को प्रगति विवरण सार्वजनिक

सिमकोट,   जिल्ला प्रशासन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका प्रमुख कार्य, सेवा प्रवाह तथा नयाँ कार्यक्रमहरूको प्रगति विवरण पहिलो पटक सार्वजनिक गरेको छ ।  जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कार्यालयले वर्षभरि प्रदान गरेका सेवाहरू र आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजनाबारे जानकारी दिएको हो ।

प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्षभर ८ सय १३ जनालाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको छ भने इलाका प्रशासन कार्यालय सर्केगाडबाट १ हजार ४ सय ७६ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट ९ सय २१ र इलाका प्रशासन कार्यालय सर्केगाडबाट १ हजार १ सय ४६ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ। आमाको नामबाट वंशजको आधारमा १ जनालाई नागरिकताको प्रमाणपत्र जारी गरिएको छ भने २ जनाले अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कुल ११ वटा मुद्दामध्ये ५ वटा फछ्र्यौट भइसकेका छन् भने ६ वटा मुद्दा अझै प्रक्रियामा रहेका छन् ।  बाँकी मुद्दामध्ये सार्वजनिक शान्ति तथा सवारी साधनसँग सम्बन्धित मुद्दा रहेका जनाइएको छ । सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरी २ हजार ४ सय ६४ वटा नयाँ सीमापास जारी गरिएको छ भने १ हजार ४ सय ३९ वटा सीमापास नवीकरण गरिएको कार्यालयले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ७ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

त्यस्तै, राहदानी सेवातर्फ ३ सय ६५ वटा आवेदन संकलन गरिएको र ३ सय ५४ वटा राहदानी वितरण गरिएको जानकारी दिइएको छ ।  राष्ट्रिय परिचयपत्रतर्फ २ हजार ८ सय ८२ वटा कार्ड वितरण गरिएको छ भने नाबालक परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट ७५ र इलाका प्रशासन कार्यालय सर्केगाडबाट २९ वटा जारी गरिएको छ । विभिन्न प्रकारका सिफारिस जिल्ला प्रशासन कार्यालयबाट ३ सय ७३ र इलाका प्रशासन कार्यालय सर्केगाडबाट ३ सय ७२ वटा जारी गरिएका छन् । यस अवधिमा ५ वटा संस्था दर्ता तथा ८ वटा हातहतियारको इजाजतपत्र नवीकरण गरिएको पनि कार्यालयले जनाएको छ । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले नाम्खा गाउँपालिकाका हिल्सा, यारी, तुमकोट र यालवाङमा अस्थायी सीमापास शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शिविरमार्फत ५८ जनालाई नयाँ सीमापास र ३ सय ४२ जनाको सीमापास नवीकरण गरी जम्मा ४ सय जनालाई सेवा प्रदान गरिएको थियो । प्रगति विवरण सार्वजनिक कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले चंखेली गाउँपालिका–५ नेप्काका नागरिकलाई लक्षित गरी पनि अस्थायी सीमापास शिविर सञ्चालन गर्न माग गरेका छन्। साथै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई अझ सहज, सरल, छिटोछरितो र नागरिकमैत्री बनाउन आवश्यक पहल गर्न पनि आग्रह गरेका छन् ।  जिल्ला प्रशासन कार्यालय हुम्लाले पहिलो पटक सार्वजनिक रूपमा वार्षिक प्रगति विवरण प्रस्तुत गरेको हो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।