नेभिगेशन
समाज

स्याडा स्वास्थ्य चौकीको आर्थिक वर्ष २०८२÷ ८३ को सावैजनिक सुनुवाई सम्पन्न


सिमकोट,  स्याडा स्वास्थ्य चौकीमा आर्थिक वर्षको सेवा प्रवाह, आय–व्यय तथा संस्थागत गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य चौकीले विगत अवधिमा सञ्चालन गरेका सेवा, प्राप्त आम्दानी, गरिएको खर्च तथा आगामी दिनमा सेवा सुधारका विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख नरबहादुर भण्डारीले प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गर्दै स्वास्थ्य चौकीको बैंक मौज्दात हाल रु. ८२ हजार रहेको जानकारी दिनुभयो। उहाँका अनुसार आम्दानीतर्फ आमा सुरक्षा तथा प्रदेश कोसेली कार्यक्रमबाट प्राप्त रकम रु. १ लाख ४ हजार ५ सय, गर्भ जाँच सेवाबाट रु. ८ हजार ८ सय, स्वास्थ्य संस्था तथा नर्सिङ कर्मचारीले पाउने रकम रु. ४७ हजार ५ सय, ओटिसी व्यवस्थापनबाट रु. २९ हजार ५ सय ५० तथा कार्यालय सञ्चालन र मसलन्द खर्च शीर्षकमा रु. ९ हजार ८ सय ५० प्राप्त भएको विवरण प्रस्तुत गरिएको थियो ।

त्यसैगरी खर्चतर्फ आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रु १ लाख ४ हजार ५ सय, बर्थिङ कर्मचारी व्यवस्थापनमा रु. २२ हजार, सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कार्यक्रम सञ्चालनमा रु. १० हजार तथा उजुरी पेटिका निर्माणमा रु. १ हजार खर्च गरिएको जानकारी दिइएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले स्वास्थ्य सेवाको गुणस्तर, औषधिको उपलब्धता, सुरक्षित मातृत्व सेवा, नियमित स्वास्थ्य परीक्षण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए । उनीहरूले स्वास्थ्य संस्थाले पारदर्शी रूपमा आय–व्यय सार्वजनिक गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

कार्यक्रम स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस प्रदेश क्षेत्र ‘ख’ का उपसभापति चौके बुढा, विशेष अतिथिका रूपमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष पानमती रोकाया तथा आधार विकास नेपाल हुम्लाका प्रतिनिधि रमेश भण्डारीको उपस्थिति रहेको थियो ।  साथै विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, महिला समूह, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रस्तुत आय–व्यय विवरण र प्रतिवेदनमाथि खुला छलफलसमेत गरिएको थियो । सहभागीहरूले स्वास्थ्य चौकीले आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धि, मातृ तथा शिशु स्वास्थ्य सेवाको विस्तार, औषधि व्यवस्थापनमा सुधार तथा समुदायसँगको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए । स्वास्थ्य चौकीले प्राप्त सुझावलाई कार्यान्वयन गर्दै पारदर्शी, जवाफदेही र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रतिबद्ध रहने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।