नेभिगेशन
समाज

पालिका स्तरीय नियमित खोप कार्यक्रम तथा सूक्ष्म योजना अध्यावधिक गोष्ठी सम्पन्न

सिमकोट,   सिमकोट गाउँपालिकामा पालिका स्तरीय एकदिने नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोगहरूको खोजपडताल, समीक्षा, प्रवद्र्धन र सूक्ष्म योजना अध्यावधिक गोष्ठी सम्पन्न भएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा आयोजित गोष्ठीमा गाउँपालिकाभित्र रहेका १२ वटा स्वास्थ्य संस्थाका प्रमुख, खोप फोकल पर्सन तथा स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

गोष्ठीमा नियमित खोप कार्यक्रमको वर्तमान अवस्था, खोपको पहुँच विस्तार, खोपबाट वञ्चित बालबालिकाको पहिचान, खोपबाट बचाउन सकिने रोगहरूको निगरानी तथा खोजपडताललाई प्रभावकारी बनाउने विषयमा विस्तृत समीक्षा गरिएको थियो । साथै आगामी दिनमा नियमित खोप सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रणनीति तय गर्नुका साथै प्रत्येक स्वास्थ्य संस्थाको सूक्ष्म योजना अद्यावधिक गरिएको जनाइएको छ ।

कार्यक्रममा सहभागीहरूले खोप कार्यक्रमलाई सफल बनाउन स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। सबै बालबालिकाले समयमै पूर्ण खोप प्राप्त गर्न सके मात्र खोपबाट बचाउन सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न सकिने धारणा पनि व्यक्त गरिएको थियो ।

अध्यक्ष विजय भण्डारीले नियमित खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै गाउँपालिकाले खोप सेवाको गुणस्तर सुधार, पहुँच विस्तार तथा आवश्यक स्रोत–साधन व्यवस्थापनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने लक्ष्यका साथ सबै स्वास्थ्यकर्मीलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।