नेभिगेशन
समाज

वन्यजन्तुले केबुलमा क्षति पुर्याउँदा गुसा लेकको रिपिटर टावर तीन दिनदेखि अवरुद्ध

सिमकोट,   सर्केगाड गाउँपालिका–३ स्थित गुसा लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा प्राविधिक समस्या देखिएपछि स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टावर तीन दिनदेखि अवरुद्ध हुँदा मोबाइल तथा सञ्चार सेवामा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।

नेपाल टेलिकमका प्राविधिक ओवजन शाही समस्या समाधानका लागि टावर रहेको स्थानमा पुगेर प्राविधिक परीक्षण गर्दा वन्यजन्तुले तारमा क्षति पु¥याएको पाइएको बताउनु भयो ।  टावर परिसरमा उचित घेराबार नभएका कारण वन्यजन्तु सहजै पुगेर केबुलमा क्षति पु¥याएको प्राविधिक शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार टावरमा जडान गरिएका तीनवटा सीपीआरआई केबुल पूर्ण रूपमा नष्ट भएका छन् । आवश्यक नयाँ केबुल सुर्खेतबाट ल्याउनुपर्ने भएकाले ती सामग्री नपुग्दासम्म सेवा पुनः सञ्चालन गर्न सम्भव नहुने उहाँले बताउनुभयो । हाल केबुल ल्याउने प्रक्रिया अघि बढाइएको र करिब एक साताभित्र आवश्यक सामग्री गुसा लेक पुग्ने अनुमान गरिएको छ । 

स्थानीयवासी छक्क फडेराले टावर बिग्रिएको तीन दिन भइसकेको जानकारी दिँदै सञ्चार सेवा अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित भएको बताउनुभयो ।  मोबाइल फोन, इन्टरनेट तथा आपत्कालीन सम्पर्कमा समेत समस्या उत्पन्न भएको उहाँको भनाइ छ । गुसा लेकको उक्त रिपिटर टावर सर्केगाड क्षेत्रका विभिन्न बस्तीमा नेपाल टेलिकमको मोबाइल सेवा प्रवाह गर्ने महत्वपूर्ण संरचना हो। टावर सञ्चालनमा नहुँदा स्थानीयले आफन्तसँग सम्पर्क गर्न, सरकारी तथा निजी कामकाज गर्न र सूचना आदानप्रदान गर्न कठिनाइ भोगिरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।