नेभिगेशन
समाज

बर्खा लागेसँगै हुम्लाका कच्ची सडक हिलाम्मे, यात्रुलाई सास्ती

सिमकोट,    निरन्तरको वर्षासँगै हुम्लाका अधिकांश कच्ची सडक हिलाम्मे बनेपछि यात्रु तथा सवारी चालकले आवतजावतमा निकै सास्ती व्यहोर्नुपरेको छ । सडकमा पानी जम्ने, चिप्लो हिलो हुने र ठाउँ–ठाउँमा सडक भासिने समस्या बढेपछि दैनिक यात्रा जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा साना तथा ठूला सवारी साधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सडकमा बाक्लो हिलो जम्दा सवारी साधन बीच बाटोमै फस्ने, लामो समयसम्म जाम हुने तथा यात्रुले पैदल यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कतिपय स्थानमा मोटरसाइकल समेत सञ्चालन गर्न कठिन भएको चालकहरूको भनाइ छ ।

यात्रुहरूले वर्षायाम सुरु भएसँगै सडकको अवस्था झन् बिग्रिएको गुनासो गरेका छन । सडक मर्मत तथा पानी निकासको उचित व्यवस्था नहुँदा वर्षेनी यही समस्या दोहोरिने गरेको यात्रुकोे भनाइ छ ।  बिरामी, ज्येष्ठ नागरिक, बालबालिका तथा विद्यार्थीलाई यात्रा गर्न झनै कठिन भएको स्थानीयले बताएका छन । स्थानीयवासीले वर्षायाममा सडकलाई सुरक्षित र सञ्चालनयोग्य बनाउन सम्बन्धित निकायले समयमै मर्मत, पानी निकासको व्यवस्थापन तथा आवश्यक स्थानमा ग्राभेल हाल्ने कामलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन । सडकको अवस्था सुधार गर्न ढिलाइ भए वर्षायामभर यात्रु, चालक तथा स्थानीय बासिन्दाले थप सास्ती भोग्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।