नेभिगेशन
समाज

विश्व स्तनपान सप्ताह सिमकोट–५ मा विविध कार्यक्रम सहित मनाइयो

सिमकोट,   विश्व स्तनपान सप्ताहको अवसरमा सिमकोट गाउँपालिका वडा नम्बर ५ मा विविध जनचेतनामूलक कार्यक्रमसहित सप्ताह मनाइएको छ । प्रत्येक वर्ष साउन १६ देखि २२ गतेसम्म मनाइने विश्व स्तनपान सप्ताह यस वर्ष “दिगो जीवनको स्वस्थ सुरुआत, प्रभावकारी स्तनपानका लागि सबैको साथ“ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो । 

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ र ६ का सुनौलो हजार दिनभित्रका आमा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीका अनुसार आमा तथा शिशुको स्वास्थ्य सुधार, पूर्ण स्तनपानको प्रवद्र्धन र पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले पूर्ण स्तनपानको महत्व, शिशुलाई दिन–रात गरी कम्तीमा १२ पटक स्तनपान गराउने, सरसफाइमा ध्यान दिने, पूरक आहारको सही प्रयोग, कम तौलमा जन्मिएका शिशुको विशेष हेरचाह तथा स्तनपानमा देखिने समस्या र समाधानका उपायबारे जानकारी गराउनुभयो। त्यसैगरी सुरक्षित मातृत्व फोकल पर्सन सपना रानाले गर्भावस्थामा मातृ पोषण, रक्तअल्पता रोकथाम तथा तौल व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभयो । कार्यक्रममा सुनौलो हजार दिनका आमाहरूलाई पोषणयुक्त खिर तयार गर्ने र शिशुलाई उपयुक्त तरिकाले खुवाउने अभ्यास समेत गराइएको थियो । यसले स्थानीय आमाहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

गुड नेवर्स इन्टरनेसनल नेपाल, एसआईडीसी, वान हार्ट, एमडीआई नेपाल तथा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम आयोजना गरेको हो। आयोजकले स्तनपानलाई शिशुको पहिलो अधिकार र स्वस्थ भविष्यको आधारका रूपमा स्थापित गर्न यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।