नेभिगेशन
समाज

डाँडाफया स्वास्थ्य चौकीको आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

सिमकोट । डाँडाफया स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य संस्थाले एक वर्षको अवधिमा प्रदान गरेका स्वास्थ्य सेवा, सञ्चालन भएका कार्यक्रम, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सेवाग्राही तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर, सेवा प्रवाह, औषधि उपलब्धता, मातृ तथा शिशु स्वास्थ्य लगायत विभिन्न विषयमा सुझाव, जिज्ञासा र गुनासा राखेका थिए । स्वास्थ्य चौकीका प्रतिनिधिहरूले उठाइएका प्रश्नको जवाफ दिँदै प्राप्त सुझावलाई आगामी योजना तथा सेवा सुधारमा समावेश गर्ने स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले प्रतिबद्धता जनाउनु भएको छ । 

डाँडाफया स्वास्थ्य चौकीले कार्यक्रममा उपस्थित भई सार्वजनिक सुनुवाइ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, सरोकारवाला निकाय, सञ्चारकर्मी, स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गरेको छ । व्यस्त समयका बाबजुद कार्यक्रममा सहभागी भई रचनात्मक सुझाव र सल्लाह प्रदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

स्वास्थ्य चौकीले सार्वजनिक सुनुवाइका क्रममा प्राप्त सुझाव र गुनासालाई आत्मसात गर्दै आगामी आर्थिक वर्षहरूमा स्वास्थ्य सेवा प्रवाहलाई अझ विश्वसनीय, गुणस्तरीय, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सुशासन, जवाफदेहिता र सेवाग्राहीमैत्री कार्यशैलीलाई प्राथमिकतामा राख्दै स्थानीय नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ कार्य अघि बढाइने जनाएको छ । सार्वजनिक सुनुवाईमा ५३ जना नागरिकको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।