नेभिगेशन
समाज

महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

नाम्खा । हुम्लाको नाम्खास्थित महाबौद्ध माध्यमिक विद्यालयमा विद्यार्थीको पढ्ने बानीको विकाससँगै अतिरिक्त ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कक्षा बुक कर्नर सञ्चालनमा ल्याइएको छ । आधार विकास नेपालद्धारा विद्यालयको आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी कक्षा कोठा मै पुस्तक पढ्ने सुविधा उपलब्ध गराइएको हो ।

कक्षा बुक कर्नरमा आधारभूत तहका कक्षागत किताबका साथै विभिन्न विषय र विधाका सन्दर्भ पुस्तकहरू प्रदर्शनमा राखिएको छ । विद्यार्थीले आफूलाई मन परेको पुस्तक छनोट गरी कक्षाकोठा मै पढ्न सक्ने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक श्रीधर कार्कीले बताउनुभयो ।

विद्यार्थीलाई सहज रूपमा पुस्तक पढ्ने वातावरण सिर्जना गर्ने उद्देश्यले विद्यालयमा ५ वटा कक्षा बुक कर्नरका ¥याक राखिएका छन् । ती ¥याकमा ३०० भन्दा बढी पुस्तक उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।  यसले विद्यार्थीमा पाठ्यपुस्तक बाहेक अन्य ज्ञानमूलक तथा सिर्जनात्मक सामग्री पढ्ने रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको आधार विकास नेपाल हुम्लाका शिक्षा संयोजक कञ्जोक लामाले बताउनुभयो । 

बुक कर्नरका लागि आवश्यक ¥याक तथा पुस्तक आधार विकास नेपालको सहयोगमा उपलब्ध गराइएको हो । उक्त सहयोग अन्तर्गत विद्यार्थीका लागि विभिन्न विषयवस्तु समेटिएका पुस्तकहरू राखिएका छन । जसमा प्यारा साथी, स्याउ र सालिग्राम, भरिया र आँप, पानी मेरो साथी, कौवा र सुन्दरी परेवी लगायतका पुस्तक रहेका छन् । विद्यालयका प्रध्यानध्यापक कार्कीका अनुसार कक्षाकोठा मै पुस्तक उपलब्ध भएपछि विद्यार्थीले खाली समयको सदुपयोग गर्दै आफ्नो रुचि अनुसारका पुस्तक पढ्न पाउनेछन् । 

यसबाट उनीहरूको पढ्ने संस्कारको विकास हुनुका साथै भाषा, कल्पना शक्ति, सिर्जनशीलता र सामान्य ज्ञानमा समेत सुधार आउने विश्वास गरिएको छ । प्रधानाध्यापक कार्कीले विद्यालयमा पुस्तक पढ्ने संस्कारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बुक कर्नरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विद्यार्थीलाई किताबसँग नजिक बनाउँदै ‘पढ्ने बानी, ज्ञानको खानी’ भन्ने भावनालाई व्यवहारमा उतार्न यो सुविधा उपयोगी हुने उहाँको भनाइ रहेको छ । साथै बुक कर्नर सहयोग गर्ने आधार विकास नेपाल संस्थालाई धन्यवाद समेत दिनुभएको छ । यो संस्थाले जिल्लाका बालबालकिाको गुणस्तरिय शिक्षा प्रदान लागी निकै नै भुमिका खेल्दै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै