नेभिगेशन
बुहारी जीवन

साप्ताहिक रेडियो कार्यक्रम बुहारी जीवन दोस्रो अंक (2ndt Episode of Buhari Jiwan-2083-04-15)

घर फेरिएसँगै नाता र भूमिका फेरिएकै बुहारीको दैनिकी र जीवनका भोगाईहरु समेट्ने रेडियो कर्णाली आवाजको एक विशेष प्रस्तुती रेडियो कार्यक्रम बुहारी जीवन रेडियो कर्णाली आवाजको फरक कार्यक्रम हो ।

शदियौ देखिको पृतिसत्ताले जगडीएको हाम्रो समाजमा छोरीको जन्मलाई सन्तानको दोस्रो दर्जाको रुपमा हेर्ने प्रचलन आजपनि कायमै छ । परिवारमा छोरीका रुपमा जन्मीन निवेदन दिए जसरी भूणहत्याबाट बलबल बचेर आएका छोरीहरु आप्mनै आमा वुवार घरपरिवार बाट समेत अनेकथरी विभेदका शिकार हुनु परिरहेकै छ ।

सानै उमेर देखि लैगिक, व्यवहारिक विभेदको जाँतोले पिल्सिएका छोरीहरु बढ्दो उमेरसँगै विवाह गरेर अर्काको घर जानु पर्ने बाध्यता छ । माइती घरबाट पराई घर जानु, छोरीको भूमिकाबाट बुहारीको भूमिकामा पुग्दाका विधि खाले अनुभव अनूभूति समेटेको साप्ताहिक रेडियो कार्यक्रम बहारी जीवनलाई आम बुहारीहरुको दुःख, कष्ट र पिंडा बिसाउने चौतारीका रुपमा आजदेखि रेडियो कर्णाली आवाजले उत्पादन र प्रसारण शुरु गरेको बुहारी जीवनको दोस्रो अंकमा सिमकोट गाउँपालिका वडा नम्बर ८  यांगुमाइत भएर निकै टाढा जुम्ला हुँदै सिमकोट गाउँपालिकाको वडा ७ चौगनफया गाउँमा २३ वर्ष अघि बुहारी भएर भित्रिएकी बुहारी झगमती शाहीको जीवनका भोगाई प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै