नेभिगेशन
समाज

चौरिखर्कमा घुम्ती खोप शिविर, ३२ जनाको स्वास्थ्य जाँच तथा उपचार

सिमकोट ।    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले चौरिखर्कमा घुम्ती खोप शिविर सञ्चालन गरिएको छ । “खोज र खोप, हरेक बच्चाको पहुँचमा पुगौँ” भन्ने लक्ष्यका साथ रानीखर्कमा घुम्ती खोप शिविर सञ्चालन गरिएको हो । खोपबाट वञ्चित भएका तथा नियमित खोपको पहुँचमा आउन नसकेका बालबालिकालाई लक्षित गरी शिविर सञ्चालन गरिएको सिमकोट स्वास्थ्य शाखाले जनाएको छ । बर्खाको समयमा यहाँका बालबालिका खर्कमा रहने भएकाले बालबालिकालाई खोपको पहुँचमा ल्याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नर बहादुर भण्डारीले बताउनु भयो । 

शिविरका क्रममा बालबालिकाको खोप अवस्था पहिचान गरी आवश्यकता अनुसार खोप सेवा प्रदान गरिएको थियो । नियमित खोप कार्यक्रमबाट कुनै पनि बालबालिका नछुटून् भन्ने उद्देश्यले रानी खर्कमा रहेका ६ जना बालबालिकालाई खोप सेवा प्रदान गरिएको संयोजक भण्डारीले बताउनु भयो । खोप सेवा लिनबाट छुटेका बालबालिकाको खोजी गरी उनीहरूलाई आवश्यक खोप उपलब्ध गराउनु राष्ट्रिय खोप कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको स्वास्थ्य शाखाले जनाएको छ । विशेषगरी खर्कमा रहेका बालबालिकाहरु भौगोलिक विकटताका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने परिवारका बालबालिकालाई लक्षित गरी यस्ता घुम्ती शिविर प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

घुम्ती खोप शिविरसँगै स्थानीय बासिन्दाका लागि स्वास्थ्य परीक्षण तथा उपचार सेवा समेत प्रदान गरिएको थियो। शिविरमा थप ३२ जना बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिएको सिमकोट स्वास्थ्य शाखा संयोजक भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोप सेवा मात्र नभई गाउँमै पुगेर सामान्य स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्ने उद्देश्यले शिविरलाई एकीकृत रूपमा सञ्चालन गरिएको हो । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका बस्तीमा नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्न सके बालबालिकाको खोप पहुँच विस्तारसँगै स्थानीय नागरिकले आधारभूत स्वास्थ्य सेवा समेत सहज रूपमा प्राप्त गर्न सक्ने स्वास्थ्य शाखाको विश्वास छ। आगामी दिनमा पनि आवश्यकता र स्वास्थ्य सेवाको पहुँचका आधारमा दुर्गम बस्तीमा घुम्ती खोप तथा स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।