नेभिगेशन
समाज

अदानचुलीको ‘भेरा’ पहिरो अपडेटः १८ बाख्रा अँझै बेपत्ता, बिरामी सुर्खेत, सुरक्षाकमी करगई गाउँ 

सिमकोट । ‘भेरा’मा गएको पहिरोमा १८ बाख्रा बेपत्ता भएका छन् । 

आइतबार बिहान ११ बजे अदानचुली गाउँपालिका–५ को ‘भेरा’मा गएको पहिरोमा परेर बेपत्ता भएको आसंका गरिएका ७२ बाख्रा मध्ये ४७ को जंगलको अन्यत्र भागेर गएको अवस्थामा, ७ बाख्रामा पहिरो पञ्छाउँदा मरेको अवस्थामा फेला परेपछि १८ पहिरोमै छोपिएको स्थानीय दिपबहादुर रोकायाले जानकारी दिनुभयो । 

पहिरोमा छोपिएको आशंका गरिएका बाख्राको खोजिकार लागि आज (सोमबार) बिहानै देखि पहिरो स्थल ‘भेरा’ पुगेका रोकायाले भन्नुभयो, ‘बिहान अँध्यारै देखि खोज्दा जंगलका विभिन्न ठाउँमा रहेका ४७ बाख्रा भेटायौ । ति मध्ये ३ वटा पहिरोका ढोल (ढुंगा) लागेर बिरामी अवस्थामा छन् । खर्क भएको स्थानमा पहिलो पञ्छाउँदा ७ बाख्रा मात्रै मरेका निकाल्न सकियो । अरु १८ वटा बाख्राको कुतै पत्तो छैन् । पहिरोमै पुरिए होलान भनेर आश मारेर घर फर्कियौं ।’

निकै माथिबाट खसेको पहिरोले धेरै ठूलो भएको बताएका रोकायाका अनुसार उनका सवदर दाजु करगइ गाउँका बिरवल रोकाया र टेकबहादुर शाहीका कति कति हुन् भन्ने अँझै एकिन गर्न सकिएको छैन् । 

पहिरोमा छोपिएका बाख्राहरुको खोज उद्धारका लागि बिहान गाउँबट गएका यूवाहरुको टोली मरेका ७ बाख्रा ल्याएर फर्किरहेको रोकायाले जानकारी दिनुभयो ।

थप उपचारका लागि बिरामी शाही सुर्खेत रिफर
पहिरोमा परेर गम्भीर घाइते भएका टेकबहादुर शाहीलाई स्थानीय श्रीनगर स्वास्थ्य चौकीमा उपचार संभव नहुने भएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । 

आइतबार वेलुका श्रीनगर स्वास्थ्य चौकी पुर्‍याइएका शाहीलाई आज बिहान कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको श्रीनगर स्वास्थ्य चौकीका रामशरण थापाले जानकारी दिनुभयो । 

माथिबाट आएको पहिरोले शाहीको टाउकोमा गम्भीर चोट लागेकाले पछिसम्म असर नहुने गरी उपचार होस् भन्ने हेतुले रिफर गरिएको थापाले बताउनुभयो । 

आइतबार राती पुगेका शाहीको बाहिर देखिएको चोटको प्रारम्भीक उपचार गरेको बताएका थापाले आज बिहानै प्रदेश अस्पताल सुर्खेतका लागि पठाइएको बताउनुभयो । 

स्थलगत मुचुल्का उठाउन प्रहरी गाउँमा
‘भेरा’मा गएको पहिरोबाट भएको क्षतीको स्थलगत मुचुल्का उठाउने प्रहरी करगई गाउँ पुगेको छ । घटना घटेको दुई दिन पछि क्षतीको विवरण संकलन गरेर एकिन गर्न गएको गल्फागाड प्रहरी चौकी घटना स्थलमा पुग्न नसकेर गाउँमा पुगेको हो । 

‘बिहानै देखि हामीलाई  तपाईहरु कतिखेर आउनु हुन्छ भनेर प्रहरीले फोन गरेका गरेइ छन्’, पहिरोमा परेका बाख्राको खो उद्धार गर्न पहिरो स्थल पुगेको करगइका एक स्थानीयले आप्mनो नाम नखुलाउने सर्तमा भन्भुभयो ‘टाढा भयो अब हामी आएर के गर्नुछ । माथि पठाउने फोटा पनि खिचेर ल्याई दिनु हामी तपाईको गाउँमा कुरेका छौं भनेका छन् । हामीले पनि पहिरो स्थलका केहि फोटा र भिडियो खिचेका छौं । गएर दिनु पर्ला ।’

मरेका बाख्रा पिठ्युमा बोकेर गाउँतर्फ आउदै गरेको बताउनु भएका शाही थर भएका स्थानीयका अनुसार तत्काल उद्धारमा लाग्ने प्रहरीले नैं त्यसो भनेपछि आफूहरुलाई प्रकृती प्रकोप पर्दा भगवान भरोसा बाहेक केहि नहुने चिन्ता बढेको बताउनुभयो ।
 
क्षतीको विवरण समेत प्रहरीको स्थलगत मुचुल्का नआउञ्जेलसम्म आधिकारिक नहुने कानूनी प्रक्रिया भएकाले अँझै पहिरोले पारेको क्षती एकिन हुन सकेको छैन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।