नेभिगेशन
समाज

सामाजिक विकास कार्यालय हुम्ला वित्तीय र भौतिक प्रगतिमा कर्णाली प्रदेश कै पहिलो

सिमकोट ।   आर्थिक वर्ष २०८२÷८३ को चालूतर्फका योजना कार्यान्वयन, खर्च प्रगति तथा भौतिक प्रगतिमा सामाजिक विकास कार्यालय हुम्ला कर्णाली प्रदेश कै पहिलो भएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूको वार्षिक समीक्षाको क्रममा गरिएको मूल्यांकनमा सामाजिक विकास कार्यालय हुम्लाले समग्र वित्तीय तथा भौतिक प्रगतितर्फ उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ। कार्यालय प्रमुख ईश्वरबहादुर सिंहले कार्यालयले आर्थिक वर्षभरि सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण हुम्ला प्रथम हुन सफल भएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशस्तरीय वार्षिक समीक्षामा समग्र वित्तीय तथा भौतिक प्रगतिका आधारमा सामाजिक विकास कार्यालय हुम्ला पहिलो र सामाजिक विकास कार्यालय कालिकोट दोस्रो भएको छ । कार्यालयले स्वीकृत योजना तथा कार्यक्रमलाई समयमै कार्यान्वयन गर्ने, बजेटको प्रभावकारी उपयोग गर्ने तथा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा भौगोलिक विकटता, यातायातको असहजता र मौसमजन्य समस्याका बीच पनि कार्यालयले योजनाको कार्यान्वयनमा देखाएको सक्रियता र व्यवस्थापनले राम्रो प्रगति हासिल गर्न सहयोग पुगेको बताइएको छ ।

कार्यालय प्रमुख सिंहका अनुसार कार्यालयको प्रगति कर्मचारीको मेहनत, योजना कार्यान्वयनमा सम्बन्धित निकायसँगको समन्वय तथा सेवाग्राही र सरोकारवालाको सहयोगको परिणाम भएको बताउनु भयो । आगामी दिनमा पनि स्वीकृत कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सामाजिक विकाससँग सम्बन्धित सेवा तथा पूर्वाधारलाई थप व्यवस्थित बनाउने कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशस्तरीय समीक्षामा हुम्लाले प्रथम स्थान हासिल गरेपछि जिल्लाका सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमको कार्यान्वयन क्षमता र कार्यालयको व्यवस्थापन पक्षलाई समेत सकारात्मक रूपमा हेरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।