नेभिगेशन
समाज

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सिमकोट । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सञरुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० हुम्लाले सिमकोट बजार सरसफाइ देखि बिरामीलाई फ्रुटी वितरणका कार्यक्रम गरेको छ । 

रास्वपाको जिल्ला कार्यसमिति र सिमकोट गाउँपालिका कार्यसमितिले संयुक्त आयोजना गर्दै बुधबार सिमकोट बजार सरसफाइ गरेको हो । 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रचनात्मक काम गरेर मनाउने लक्ष्य अनुसार पार्टीका नेता तथा कार्यकर्ता  र जिल्लास्थित सुरक्षाकर्मीको सहभागितामा सिमकोट एयरपोर्ट चोकदेखि तल्लो बजारस्थित वन कार्यालयसम्मको सडक तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको छ ।

युवा दिवसलाई औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी सामाजिक उत्तरदायित्व र समुदायप्रतिको जिम्मेवारीसँग जोड्ने उद्देश्यले बजार सरसफाइ कार्यक्रम आयोजना गरिएको रास्वपा हुम्लाले जनाएको छ । 

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो । 

उनका अनुसार आजै जिल्ला अस्पतालमा उपचार गरिरहेका बिरामी तथा कार्यरत स्वास्थ्यकर्मीलाई बिस्कुट र फ्रुटी समेत वितरण गरेको छ । करिब १ सय जना बिरामी तथा स्वास्थ्यकर्मीलाई उक्त सामग्री वितरण गरिएको सभापति ऐडीले बताउनुभयो  ।  

'युवा दिवसको अवसरमा युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने र समुदायप्रतिको जिम्मेवारीबोध गराउने उद्देश्यले सरसफाइ तथा सहयोग कार्यक्रमको आयोजना गरेका हौ', ऐडिले भन्नुभयो, 'पार्टीको तर्फबाट आगामी दिनमा पनि सामाजिक तथा जनहितका गतिविधिलाई निरन्तरता दिने योजना छ ।'

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।