नेभिगेशन
समाज

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

 

सिमकोट ।    जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको प्रयासमा हुम्लामा ठूलो परिणामको अवैध चिनिया मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

साउन २१ देखि २४ गते सम्म हुम्ला जिल्लाको उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बत स्थित पुराङ काउन्टीको लिलोङ भन्ने स्थानमा लागेको परम्परागत वस्तु विनिमय व्यापार मेलाबाट फर्किएका सवारी साधनहरूलाई आकस्मिक चेकजाँच गर्ने उदेश्यले साउन २७ गते सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा प्रहरी निरीक्षक युवराज ढकाल र सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर बि.क. को कमाण्ड, वरिष्ठ अनुसन्धान सहायक प्रकाश शाही र कोष नियन्त्रक कार्यालयबाट नायव सुब्बा तिलक पौडेल सहितको ४५ जनाको संयुक्त टोलीले नाम्खा २ को नावलथाङ भन्ने स्थानमा हरियो त्रिपालमुनि लुकाई छिपाई राखेको चाइनिज मदिरा झिनीगिन्टी र बोर्ड भाइजर बरामद गरी संयुक्त मुचुल्का उठाई साउन २८ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याई राखिएको थियो ।

उक्त मदिरा बरामदमा ससस्त्र प्रहरी बल र नेपाल प्रहरीको मुख्य भूमिका रहेको थियो । ५९४ काटुनमा ७ हजार १ सय २८ बोतल अवैध चिनियाँ मदिरा र १ सय ९४ काटुन बोर्ड भाईजर ४ हजार ६ सय ५६ बोतल गरी ५१ लाख ९३ हजार ६ सय बराबरको चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो । जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएको प्रहरी नायव उपरीक्षक खडकाले बताउनभयो । अबका दिनमा हिल्ला नाकाबाटै चाइनिज मदिरा भित्रिन नदनिका लागी नेपाल सरकारले बस्ने व्यवस्था, सवारी साभान , टेलिकमको व्यवस्था गरेका राम्रो हुने बताउनु भयो । भित्री जुनजुन नाका छ त्यसमा चेक प्वाइन्ट राख्ने बताउदै भन्नुभयो ।


चिनियाँ अवैध मदिरा प्रतिबोतलको अनुमानित बजार दर ५०० सय र बोर्ड भाईजर बियरको ३५० मूल्य रहेको डिएसपी खडकाको भनाइ छ ।
नाम्खा गाउँपालिका–६ को लिमि लाप्चा नाकाबाट ठूलो परिणाम अवैध चिनियाँ मदिरा भित्रिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको चिनियाँ मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले बताउनुभयो । साथै आगामी दिनमा मुलमै रोकने प्रयास रहेने उहाँले बताउनु भयो । कानुनले कडा रुपमा कारवाही गर्ने बताउनु भयो । अवैध मदिरा नियन्त्रणमा हुम्लाका सञ्चारकर्मी, राजनितिक दल, नागरिक समाज, उघोग वाणिज्य संघ, सरोकारवाला निकाय लगाएत सबैले आ— आफ्नो पक्षबाट प्रहरी प्रसासनलाई सहयोग गरेमा भोलिका दिनमा निरुत्साहित अथवा निर्मुल हुने उहाँले बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै