नेभिगेशन
समाज

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

 
सिमकोट ।    हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले दुवै समूहको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको छ । सरसफाइ अभियान अन्तर्गत सिमकोट बजारका मुख्य सडक, सार्वजनिक स्थान तथा आसपासका क्षेत्रमा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । अभियानमा युवा तथा महिलाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले बजार क्षेत्रमा जथाभावी फालिएका प्लास्टिक, कागज तथा अन्य फोहोर संकलन गर्दै बजारको वातावरण सफा बनाएका थिए ।


बजार क्षेत्रमा दैनिक रूपमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदूषित हुनुका साथै स्थानीय बासिन्दा, व्यवसायी तथा बजारमा आउने सेवाग्राहीलाई समेत समस्या हुने गरेको छ । यस्तो अवस्थामा स्थानीय युवायुवती र महिलाहरूको पहलमा सञ्चालन गरिएको सरसफाइ अभियानले बजारलाई स्वच्छ राख्न सकारात्मक सन्देश दिएको छ । अभियानमा सहभागीहरूले सिमकोट बजारलाई सफा राख्नु सबैको साझा दायित्व भएको भन्दै फोहोर जथाभावी नफाल्न स्थानीय बासिन्दा तथा व्यवसायीलाई आग्रह गरेका छन । सरसफाइ एक दिनको अभियानमा मात्र सीमित नभई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।