नेभिगेशन
समाज

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने


सिमकोट ।    हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा प्रतिकेजी ५ रुपैयाँसम्म छुट दिने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण बहादुर थापा मगरका अनुसार करिब ४० लाख ३६ हजार रुपैयाँ बराबरको चामल सहुलियत मूल्यमा बिक्री गरिनेछ । मौज्दात चामल नसकिएसम्म सहुलियत मूल्यमा बिक्री वितरण जारी रहने उहाँले जानकारी दिनुभयो । 


सहुलियत मूल्यअ नुसार अरुवा मोटा चामल २५ किलोको १ हजार ४ सय रुपैयाँ अर्थात् प्रतिकिलो ५६ रुपैयाँ, अरुवा मन्सुली चामल २५ किलोको १ हजार ४ सय २५ रुपैयाँ अर्थात् प्रतिकिलो ५७ रुपैयाँ र अरुवा मध्यम चामल २५ किलोको १ हजार ४ सय ५० रुपैयाँ अर्थात् प्रतिकिलो ५८ रुपैयाँमा बिक्री गरिनेछ । त्यसैगरी स्टिम जिरा मसिनो चामल २५ किलोको २ हजार १ सय ७५ रुपैयाँ अर्थात् प्रतिकिलो ८७ रुपैयाँमा उपलब्ध गराइने शाखाले जनाएको छ । यसैगरी सूर्यमुखी तेलको एक पेटी अर्थात् १० लिटर र चिनी एक बोरा अर्थात् ५० किलोमा समेत सहुलियत उपलब्ध गराइनेछ ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयको बिक्री वितरण विभागबाट प्राप्त पत्र अनुसार कम्पनीको सातौँ वार्षिक उत्सव तथा चाडपर्वलाई लक्षित गर्दै सहुलियत मूल्यको व्यवस्था गरिएको हो । शाखा प्रमुख थापा मगरका अनुसार यो सहुलियत वर्षभरि लागू हुने गरी व्यवस्था गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नमा सहुलियत दिइएपछि हुम्लाका उपभोक्तालाई केही राहत पुग्ने भएको छ । कम्पनीले तोकेको सहुलियत मूल्य अनुसार उपभोक्ताले खाद्यान्न खरिद गर्न सक्ने जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै