नेभिगेशन
समाज

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

सिमकोट ।    नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग गरेपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको हो । विद्यालयका प्रधानाध्यापक पाद्मा लामाका अनुसार गाउँपालिकाबाट ४५ वटा स्टिल टेबल तथा कुर्सी सहयोग प्राप्त भएको बताउनुभयो । विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जाँदा आवश्यक फर्निचरको अभाव देखिएको थियो । गाउँपालिकाको सहयोगपछि कक्षाकोठामा विद्यार्थीलाई बस्न तथा अध्ययन गर्न सहज हुने प्रधानाध्यापक लामाले बताउनुभयो ।

विद्यालयमा आवश्यक शैक्षिक सामग्री तथा भौतिक पूर्वाधारको व्यवस्थापन हुन सकेमा विद्यार्थीको सिकाइ वातावरण थप प्रभावकारी बन्ने विद्यालयको अपेक्षा छ । गाउँपालिकाको सहयोगले विद्यालयको दैनिक पठनपाठनमा समेत सकारात्मक प्रभाव पर्ने बताइएको छ । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको सिकाइलाई सहज र प्रभावकारी बनाउन आवश्यक शैक्षिक सामग्री तथा भौतिक पूर्वाधारको व्यवस्थापनमा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।