नेभिगेशन
समाज

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

सिमकोट ।   हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला, सुत्केरी आमा तथा अन्य सेवाग्राहीलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका संरचना हस्तान्तरण गरिएको हो । नवनिर्मित प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन निर्माणमा आधार विकास नेपालले सहयोग गरेको हो। स्वास्थ्य चौकी परिवारले महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पु¥याएको भन्दै आधार विकास नेपालप्रति धन्यवाद तथा आभार व्यक्त गरेको स्वास्थ्य चौकीका इन्चार्ज नर भण्डारीले बताउनु भयो ।

यसअघि स्वास्थ्य संस्थामा सेवा लिन आउने गर्भवती महिला तथा अन्य सेवाग्राहीले आवश्यक पूर्वाधारको अभावमा विभिन्न कठिनाइ भोग्नुपर्ने अवस्था रहेको थियो। नयाँ संरचना निर्माण भएसँगै प्रसूति सेवा लिन आउने महिलालाई प्रतीक्षालयको सुविधा, आवश्यक स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला तथा सेवाग्राहीका लागि व्यवस्थित शौचालयको सुविधा उपलब्ध भएको छ । स्वास्थ्य चौकीका अनुसार यी संरचनाले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, सुरक्षित, सहज र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित वातावरणमा सेवा लिन सहज हुने विश्वास गरिएको छ । स्वास्थ्य क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार थपिँदा स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाप्रति स्थानीय नागरिकको विश्वाससमेत बढ्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।