नेभिगेशन
समाज

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

सिमकोट ।     हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकले साउने पुर्णिमा पर्वको अवसरमा शान्ति सुरक्षा, बजार व्यवस्थापन, सरसफाइ तथा सार्वजनिक सेवासम्बन्धी विभिन्न निर्णयहरू गरेको हो । गाउँपालिकाले सचेतना मुलक संदेश दिनका लागी माइकिंङग गर्ने समेत उक्त बैठकले निर्णय गरेको छ । 

बैठकले सिमक्षेत्रमा देउडा खेल्न र रमाइलो गर्न जाने सर्वसाधारणको सुविधाका लागि अस्थायी शौचालयको व्यवस्था सिमकोट गाउँपालिकाले गर्ने निर्णय गरेको छ । साथै बजार क्षेत्रलाई व्यवस्थित बनाउन होटल तथा पसलहरू राति ८ बजेसम्म मात्र सञ्चालन गर्न लगाइने र देउडा खेल राति १० बजेसम्म मात्र खेल्न पाइने व्यवस्था गरिएको छ ।

पर्वका क्रममा अनावश्यक होहल्ला, झै भगडा, चोरी डकैती, हिंसा, अवाञ्छित गतिविधि तथा सामाजिक सद्भावमा खलल पु¥याउने कार्य गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने तथा रोकथाम गरिने भएको छ । जनाइएको छ । साथै साउने पूर्णिमाको अवसर पारेर सिमकोटको माथिल्लो गाउँ, तल्लो गाउँ तथा बजार क्षेत्रको व्यापक सरसफाइ अभियान सञ्चालन गरिनेछ । सरसफाइ कार्यक्रम भोलि शनिबार बिहान ७ः३० बजेदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ ।

माथिल्लो गाउँ क्षेत्रमा गाउँपालिका अध्यक्ष विजय भण्डारी, तल्लो गाउँ क्षेत्रमा उपाध्यक्ष शुशिला रोकाया तथा बजार क्षेत्रमा उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीको नेतृत्वमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ । उक्त सरसफाई अभियानमा स्थानीय नागरिक, राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । सरसफाइ अभियानका लागि आवश्यक पर्ने मास्क, ग्लोब्स तथा फोहोर संकलनका लागी बोरा सिमकोट गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।

पर्वलाई सभ्य, स्वच्छ र सुरक्षित वातावरणमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । साउने पुर्णिमा सिमकोट गाउँपालिकाको ठुलो चाडभएकोले यसलाई मर्यादित र शान्तीपुर्ण सञ्चालन गर्नका लागी यस्तो निर्णय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुशिला भाम रोकाया, उघोग वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, चार वटै सुरक्षा निकायका प्रमुख, नागरिक समाज, महिला समुह, संघ संस्थाका प्रतिनिधि, राजनितिक दल,सञ्चारकर्मी स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।