नेभिगेशन
मनोरञ्जन

‘गोजीमा दाम छैन’ले ‘चङ्गाचेट’को हाइप कती बढायो ?

अहिले हरेक चलचित्रमा एउटा न एउटा लोक लयको गीत समावेश हुन्छ । कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चङ्गाचेट’मा पनि ‘गोजीमा दम छैन’ बोलको लोक लयको गीत समावेश छ । यो गीत सार्वजनिक भएपछि चलचित्रप्रति दर्शकको कौतुहलता बढेको छ । चलचित्रको निर्माता शर्मिला पाण्डे दर्शकले यो गीत मन पराएको भन्दै खुशी व्यक्त गर्छिन् । यो गीतको भिडियो टिक टकमा ४ हजार भन्दा बढी बनिसकेको भन्दै उनले दर्शकले अत्याधिक मन पराएको दाबी गरिन् ।

राजनराज सिवाकोटी र मेलिना राइको स्वर रहेको गीतमा राजनकै संगीत, हरिहर तिमिल्सिनाको शब्द छ । यो गीतलाई दर्शकले दिएको प्रतिक्रियाले आफुहरु उत्साहित भएको र चलचित्रको हाइप बढेको निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, परमिता आर एल राणा र सन्दिप क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
आज रलिङ मेलाः बौद्ध र हिन्दु धर्मालम्बीहरुले संयुक्त रुपमा मनाउदै

आज रलिङ मेलाः बौद्ध र हिन्दु धर्मालम्बीहरुले संयुक्त रुपमा मनाउदै

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर २ र ३ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रलिङ गुम्बामा जेठ शुक्ल पूर्णिमाको अवसरमा रलिङ पर्व अर्थात् रलिङ पूर्णिमा भव्य रूपमा...
नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको सीएमजी...
भर्खरै