नेभिगेशन
राष्ट्रिय

सर्केगाडका स्थानीय महिलाद्धारा वृक्षारोपण

जलवायु परिवर्तनलाई अनुकुलन राख्नका लागि सर्केगाड गाउँपालिकामा सोमवार वृक्षारोपण गरिएको छ । किर्डाक नेपालको सहजी करण, परिवर्तनशिल महिला समूहको आयोजना र सर्केगाड गाउँपालिका वार्ड नम्वर ५ गोठिको वडा कार्यालयको समन्वयमा उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो ।

वृक्षारोपण कार्यक्रम सर्केगाड गाउँपालिका वार्ड नम्वर ५ गोठिको तलछरी भवनको खाली जग्गामा गरिएको किर्डाक नेपाल सर्केगाड कार्यालयका सामुदायीक विकास सहजकर्ता पवित्रा देवकोटाले बताईन् । हुम्ला जिल्लामा हिउँदको समयमा चिसो अत्याधिक हुने भए पनि वर्षाको समयमा गर्मि यामको शिजन शुरु हुने भएपछि स्थानीय स्तरमै उत्पादन गरेका बुटाहरु रोपेको सहजकर्ता देवकोटाले बताईन् ।

परिवर्तनशिल महिला समूहले केही दिन अगाडी मात्रै कार्य योजना बनाए अनुसार जलवायु परिवर्तनलाई अनुकुलन राख्ने उदेश्यका साथ उक्त वृक्षारोपण कार्यक्रम गरिएको उनको भनाई छ । हिमाली जिल्ला हुम्लाका विभिन्न ठाउँमा वेला वेलामा बाढि पहिरो, भूक्ष्य, खडेरी भएर जलवायु परिवर्तन हुने समस्या देखिएको भन्दै ६० वटा विरुवाका बुटाहरु रोपेर सो कार्यक्रम सञ्चालन गरिएको छ । फागुन १० गते उक्त स्थानमा पिपल, बैँस, उत्तिस, रैस लगायतका विरुवाहरु रोपिएको हो ।

सर्केगाड गाउँपालिका वार्ड नम्वर ५ गोठिका वडा अध्यक्ष कर्णजंग शाहीको नेतृत्वमा उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको सहजकर्ता देवकोटाको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।
भर्खरै