नेभिगेशन
सिमकोट
कृषि बिकास कार्यालय हुम्ला

नेपालकै पहिलो पटक कोदो जन्य बाली बर्ष हुम्लामा

सिमकोट । नेपालकै पहिलो पटक हुम्ला जिल्लामा अन्तराष्ट्रिय कोदोजन्य बाली दिवस २०२३ मनाइएको छ । खाद्य पोषण सुरक्षा वातावरण तथा ग्रामिण रुपान्तरणको लागि कोदो बाली भन्ने नाराका साथ पहिलो पटक कोदोजन्य दिवस मनाइएको हो ।

अन्तराष्ट्रिय कोदो जन्य बाली वर्ष २०२३ मनाउन हुम्ला पुगेका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले हिजोका दिनमा लत्याइएको कोदोलाई आज कोदो सम्मान विषय बनेको बताए ।

प्रदेश सरकारको योजना स्थानीय तह कृषि विकास कार्यालयको सहकार्यले हुम्ला जिल्लामा नेपालकै पहिलो पटक कोदो दिवस मनाउन सफल भएको मन्त्री शर्माले बताए । हुम्ला जिल्लाले अन्तराष्ट्रिय कोदो दिवस मनाएर हुम्ला इतिहाँस रचेको समेत मन्त्री शर्माको भनाई छ ।

कर्णालीमा खाना नपाउनका कारणले कुपोषणले, ख्याउटे,पुडका भनेर संघ संस्थाहरुले व्याख्या गरेका छन् तर सबै भन्दा आर्गनिक चिज र पोष पोषिला अन्न कर्णालीमै पाइने भएकाले कर्णालीको परिचय नबिग्रार्न गैहसरकारी संस्थाहरुलाई आग्रह गरे ।गैहसरकारी संस्थाहरुले आत्मानिर्भर भन्दा परनिर्भर बनाएको संज्ञा मन्त्री शर्माले दिए ।

परम्परागत रैथाले बालीहरु कृषकहरुले उत्पादन कम गर्न छोडेर बजारबाट आयतित खाद्यान्नमा मोह समेत बढेको मन्त्री शर्माले बताए ।

दिवसको अबसरमा प्रदशनी स्थथलमा कोदो जन्य बाली बालिबाट बन्ने विभिन्न परिकार समेत राखेर चखाईएको हो । स्थलमा कोदो जन्य बालिबाट केक,हलुवा, खिर,पुलाउ, बिर्यानी, पकौडा, सेल,सेलरोटि र फापरको रोटि बनाएर उपस्थित नगतिकहरुलाई खुवाईएको हो । 

कोदो दिवसको अवससरमा कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, कर्णाली प्रदेशकी हुम्ला जिल्लाबाट प्रदेश सभा साँसद जुमकित लामा,उर्जा, तथा जलश्रोत मन्त्री उर्मिला बिश्वकर्मा लगायत उपस्थिती रहेको थियो ।

दिवसमा रैथाने बालिको उत्पादनमा जोड दिएर प्रदसनी स्थान सम्म ल्याएक उत्कृष्ट कृषकलाई प्रोत्साहन समेत गरिएको छ । जसमा कोदो जन्य चार वटा बालिमा स्थान हासिल गर्ने कृषकलाई नगत क्रमस ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित सम्मान पत्र प्राप्त गरेको हो ।

जिल्लाको मानसरोवर बहुमुखी क्याम्पसमा कृषि बिकास कार्यलय हुम्लाको आयोजनामा संन्चालन गरिएको हो । जिल्लामा पाइने विभिन्न कोदो जन्य बालिलाई प्रदसनिमा ल्याई देखाईएको कृषि बिकास कार्यलय हुम्लाका प्रमुख धर्म बहादुर शाहिले जानकारी दिए । जसमा चिनो कागुनी सापर र कोदो रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...