नेभिगेशन
सिमकोट

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट, हुम्ला । 

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका योजना, कार्यक्रम र सेवा प्रवाहको समग्र समीक्षा गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति हुम्लाका उपप्रमुख दलु फडेराले कार्यक्रमको ब्यानर वाचन गरी औपचारिक उद्घाटन गर्नुभयो । समीक्षा कार्यक्रममा सिमकोट गाउँपालिकाअन्तर्गत रहेका सबै शाखाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न गरेका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजना सहित आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । शिक्षा शाखाले विद्यालय व्यवस्थापन, शिक्षक क्षमता विकास र शैक्षिक सुधारका कार्यक्रमबारे जानकारी दिएको थियो भने स्वास्थ्य शाखाले आधारभूत स्वास्थ्य सेवा, खोप, मातृ तथा शिशु स्वास्थ्य, पोषणलगायतका कार्यक्रमको प्रगति प्रस्तुत गरेको थियो ।

त्यसैगरी कृषि शाखाले कृषक लक्षित अनुदान, उत्पादन वृद्धि तथा व्यवसायिक खेती प्रवद्र्धनका कार्यक्रमबारे जानकारी गराएको थियो । रोजगार शाखाले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा स्थानीय रोजगारी सिर्जनाका गतिविधिहरू प्रस्तुत गरेको थियो । पञ्जीकरण शाखाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमको प्रगति विवरण राखेको थियो । साथै पोषण, लिप्स लगायत अन्य शाखाहरूले पनि आफ्नो वार्षिक कार्यसम्पादन, उपलब्धि र आगामी सुधारका पक्षहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदनमाथि सहभागीहरूले सुझाव, जिज्ञासा र अनुभव आदानप्रदान गरेका थिए । विभिन्न शाखाले भोगेका चुनौती, स्रोत–साधनको अवस्था तथा आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

समीक्षा कार्यक्रममा सिमकोट गाउँपालिकाका आठवटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकामा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै