नेभिगेशन
सिमकोट

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु


हुम्ला


हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक बेरुजु रु ९ करोड ५ लाख १५ हजार पुगेको उल्लेख गरिएको छ ।


प्रतिवेदन अनुसार सिमकोट गाउँपालिकामा यस आर्थिक वर्षमा रु १ करोड ६९ लाख ३२ हजार नयाँ बेरुजु देखिएको छ । जसमा असुल गर्नुपर्ने रकम रु १ लाख ६३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु ६ लाख २७ हजार, नियमित गर्नुपर्ने रकम रु १ करोड २५ लाख ७ हजार तथा पेश्की बाँकी रु ३६ लाख ३५ हजार रहेको उल्लेख छ ।


महालेखा परीक्षकको कार्यालयका अनुसार गत वर्षसम्म गाउँपालिकामा रु ७ करोड ४३ लाख १२ हजार बेरुजु बाँकी रहेको थियो । चालु वर्षमा रु ७ लाख २९ हजार फस्र्यौट भएपछि हालसम्मको अध्यावधिक बेरुजु रु ९ करोड ५ लाख १५ हजार पुगेको प्रतिवेदनमा जनाइएको छ ।


प्रतिवेदनले यस गाउँपालिकाको वित्तीय विवरणमा पनि कमजोरी औंल्याएको छ । गाउँपालिकाले नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचामा वित्तीय विवरण तयार गरेपनि सम्पत्ति, राजश्व तथा अन्य महत्वपूर्ण विवरण पूर्णरूपमा खुलाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
बेरुजु वर्गीकरण, अध्यावधिक बेरुजुको अवस्था तथा सम्परीक्षणसम्बन्धी विवरण समेत प्रतिवेदनमा समावेश गरिएको छ । गाउँपालिकाको वित्तीय पारदर्शिता र खर्च व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक सुधार गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै