नेभिगेशन
सिमकोट
कर्णाली प्रदेश

जहाजको टिकट नपाउदा १४ महिने शिसुको मृत्यु

सिमकोट । जहाजको टिकट नपाउदा अस्पतालले रिफर गरेको १४ महिने शिसु प्रिन्स सुनारको मृत्यु भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर ६ साहुबाडा घर भएका १४ महिने शिसुको जहाज टिकट नपाएर शुक्रबार बिहान मृत्यु भएको हो । 

मुटुमा २ वटा प्वाल भएका बिरामी शिशुलाई जिल्ला अस्पातल हुम्लाले १७ गते रिफर गरेको भएपनि हवाइ जहाजको टिकट नपाएर मृत्यु भएको बाबु रामलाल सुनारले बताउनु भएको छ । बिरामी शिसुको उद्धारका लागि प्रमुख जिल्ला अधिकारीले रिफर गरिएको पत्रमा तोक लगाएपनि टिकट नपाएर जिल्ला बाहिर लिन नपाउदा मृत्यु भएको हो ।

सोही बालकको यसअघि पनि काठमाडौको बाल कान्ती अस्पतालमा फोक्सोको उन्डोसकपि गरिएको थियो । अस्पतालले रिफर गरेको भएपनि टिकट नपाउदा अस्पतालमा रहेका बालकको मृत्यु भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भलाराम पंगाली हाजिर...
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...