नेभिगेशन
सिमकोट
प्रदेश अस्पताल सुर्खेत

जिप दुर्घटनामा परि घाइतेको हेलिकप्टर मार्फत जिल्ला बाहिर उद्धार

सिमकोट । आइतबार बिहान हुम्लाको सदरमुकाम सिमकोटमा बालेरो जिप दुर्घटना परि घाईतेको हेलिकप्टर मार्फत जिल्ला बाहिर उद्धार गरिएको छ । बिहान सिमकोट देखि ठेहे जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जीप मानसरोवर माबि अगाडी दुर्घटनामा परि चालक सहित ९ जना घाइते भएका थियो । 

सोही बोलेरो जिप दुर्घटना परि घाइते भएका मध्य आकस्मिक बिरामी सिमकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ३७ बर्षिय देवजङ बोहरा, सोही गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष ३५ बर्षिय पामा लामा र वडा नम्बर ४ का स्थानिय सुस्वा परियोजनाका संयोजक धुर्ब बहादुर शाहीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत अपरान्ह पौने ५ बजे उद्धार गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । 

अस्पताल स्रोतका अनुसार घाइतेलाई जिल्लामा उपाचार गर्न नसकिने अबस्था भएपछि आकस्मित बेरामी ३ जनालाई उद्धार गरिएको हो । आकस्मित बेरामीहरुलाई उपाचारका लागि नेपालगंज लगिएको छ । सोही मध्या अन्यलाई जिल्लामै उपचार गर्न सकिने भएकाले जिल्ला अस्पताल हुम्लामा उपचार गरिने भएको छ । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु