नेभिगेशन
सिमकोट
कला केन्द्र नेपाल

इन्द्रेणी नृत्य केन्द्रद्वारा शुभकामना आदन प्रदान संगै सांस्कृतिक कार्यक्रम

सिमकोट । हुम्लामा इन्द्रेणी नृत्य केन्द्रद्वारा बिजया दशमि शुभ दिपावल तथा छठ पर्व २०८० को अवसरपारी शुभकामना आदनप्रदान तथा सांकृतिक कार्यक्रम सन्चालन गरिएको छ । शनिबार दिउसो सिमकोट स्थित लोकतन्त्र चोकमा आउदै गरेको विजया दशैं तथा छठ पर्वको अवसर पार्दै शुभकामना आदन प्रदान कार्यक्रम सन्चालन गरिएको हो ।

सदरमुकाम सिमकोटको कैलाश बोदि स्कुलमा अध्यायनरत लगायतका विद्यार्थीहरुलाई नृत्य कक्षा दिलाएको इन्द्रेणी नृत्य केन्द्रले कक्षा लिएका विद्यार्थीहरुको नृत्य प्रदर्शन गरेको छ । विगत केही महिनादेखि कक्षा लिदै आएका विद्यार्थीहरुको नृत्यमा भएको क्षमता विकास बाहिर ल्याउनका लागि शनिवार सो कार्यक्रम गरिएको इन्द्रेणी नृत्य केन्द्रका अध्यक्ष खिंम बहादुर सुनारले बताउनु भएको छ ।

उहाका अनुसार दशैं तिहार नजिकै आएको र विद्यार्थीहरुको प्रतिभाका लागि जनमानसको माग आएकाले शुभकामना आदन प्रदानसंगै सांकृतिक कार्यक्रम गरिएको हो । सोही कार्यक्रम केन्द्रमा नृत्य कक्षा लिएका मात्र नभई अन्यले समेत नृत्य कला देखाएका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा सबै अतिथिको भनाइ अनुसार हुम्ला जस्तो दुर्गम ठाउँमा नृत्य कला पिसकाउनु भनेको यहाँका नागरीकका लागि सौभाग्यपुर्ण भएको बताएका छन । नृत्य थाहा नभएको समाजमा नृत्यको परिभाष बुझाउने भन्दै नृत्य केन्द्रलाई धन्यवाद समेत दिएको छन ।

सिमकोट गाउँपालिकाको आयोजनामा सञ्चालन भएको सोही कार्यक्रममा सिमकोट गाउपालिका शिक्षा शाखा संयोजक वर्ष बहादुर कार्कीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिव धर्मराज बोहोराको प्रमुख आथित्यमा सन्चालन भएको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सन्चारकर्मी, स्थानीय नागरीक र विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भलाराम पंगाली हाजिर...
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...