नेभिगेशन
सिमकोट
हुम्ला गोल्डकप २०८०

हुम्ला गोल्डकपमा बिवाद भएपछी आजकालागि खेल स्थागित

सिमकोट । हुम्ला फुटबल एकेडेमीद्धारा सञ्चालित हुम्ला गोल्डकप २०८० प्रतियोगिताताको सेमि फाइनलका खेल सन्चालनका क्रममा विवाद भएको छ । सोमबार आयोजकद्धारा सन्चालन गरिएको पहिलो सेमि फाइनल खेल खेल्ने क्रममै विवाद चुलिएपछि आजका लागि सो खेल स्थगित भएको हो ।

आज दिउसो साढे १२ वजेदेखि सुरु भएको पहिलो खेलमा इमजिङ यूथक्लव बुराउँसे भर्सेस सनलाइट युवा क्लव माथिल्लो गाउँ सिमकोट विच प्रतिस्प्रधा भएको खेलमा विवाद भएपछि आयोजकले आज एक दिनका लागि सवै खेलहरु स्थगित गरेको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले बताउनुभयो ।

अध्यक्ष रावतका अनुसार इमजिङ यूथक्लव बुराउँसेले एक गोल हानेर हापटाइम भईसकेपछि सनलाइट युवाक्लवका खेलाडीले गोल हान्ने खेलाडीको पहिले नाम लिष्टमा नभएको र आज केरमेट गरेर राखिएको आरोपमा विरोध जनाएपछि खेल स्थगित भएको हो ।

अध्यक्ष रावतले भन्नु भयो इमजिड यूथक्लव बुराउँसेको मात्रै नभएर सनलाइट युवाक्लव माथिल्लो गाउँ सिमकोटको पनि केरमेट भएको बताउनु भएको छ । खेलमा विवाद चुलिएपछि आयोजकले आजै जिल्ला प्रशासन कार्यालयलाई विवादको छलफल गरिदिन अनुरोध गरेको थियो ।

तर सो छलफल कार्य भने जिल्ला प्रहरी कार्यालय हुम्लालाई पठाएको आयोजकले जनाएको छ । उक्त विवादलाई साम्य बनाउनका लागि दुर्यवटे क्लवका टिम लिडर र आयोजक बसेर छलफल गर्ने भनिएता पनि खेल सन्चालन हुनेमा अन्यौल भएको उक्त स्रोतले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भलाराम पंगाली हाजिर...
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...