नेभिगेशन
सिमकोट
हुम्ला फुटबल एकेडेमि

इमरजिङ युवा क्लब बुराउँसेले उचाल्यो हुम्ला गोल्डकप २०८०

सिमकोट । हुम्ला गोल्डकप २०८० को उपाधी इमर्जिङ युवा क्लब बुराउँसेको पोल्टामा परेको छ । हुम्ला फुटबल एकेडेमीद्धारा मंसिर ४ गतेबाट संन्चालित हुम्ला गोल्डकप प्रतियोगिता सम्पन्न भएको भई सिमकोट गाउँपालिका वडा नम्बर ४ को इमर्जिङ युवा क्लब बुराउँसेले गोल्डकप हात पारेकोे हो  ।

४ गते देखी संञ्चालनमा रहेको हुम्ला गोल्डकप २०८० शुक्रबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । हुम्ला फुटबल एकेडेमीको आयोजनामा सन्चालन भएको उक्त प्रतियोगिता निकै प्रयासमा आज सम्पन्न भएको आयोजकले फटबल एकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिनु भएको छ । उहाँका अनुसार अन्तिम चरणको फइनल खेलमा प्रवेश गरेका द्धय इमरजिङ युथक्लव बुराउँसे भर्सेस चाङला युवाक्लव विच भएको प्रतिस प्रधाको खेलमा सुन्यका विरुद्ध इमरजिङ युथक्लव बुराउँसेले एक गोल गर्दैै गोल्डकप उचाल्न सफल भएको हो छ ।

फाइनको बाटो तय गरेको  चाङला युवाक्लव प्रतियोगितामा दोस्रो भएको छ । आयोजक टिमले प्रत्येक खेलमा म्यान अफ द म्याजको व्यवस्था गरे अनुसार इमरजिङ यूथक्लवका खेलाडी अनिश परियारलाई प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले पुरुस्कार प्रदान गर्नु भएको छ ।

जिल्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कारको गोल्डकपको आयोजना गरिएको थियो । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगीतामा विजेता हुने टिमलाई २ लाख १ सय ११ रुपैयाँ पुरुस्कार, ट्रफी र मेडल प्रदान गर्नुका साथै उपविजेता टिमलाई १ लाख १ सय ११ रुपैयाँ नगद प्रदान गरेको अध्यक्ष विष्णु रावतले बताउनु भएको छ ।

फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतको अध्यक्षता तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा सन्चालन भएको समापन कार्यक्रममा जिल्लाका जनप्रतिनिध, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि लगायतकाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भलाराम पंगाली हाजिर...
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...